इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २५ असोज, २०८३
२ घण्टाअघि

विराटनगर । प्रथम संस्करणको ‘इसोनर्म फास्ट ४० फुटसल कप २०२६’ को उपाधि आयोजक गोर्खा लेजेन्ड वारियर फुटसल क्लबले जितेको छ ।

Advertisement

शनिबार विराटनगरस्थित जेएनएल फुटसलमा भएको फाइनलमा एलएलएफसी फुटसल टिमलाई ३–० गोल अन्तरले पराजित गर्दै आयोजक टोली च्याम्पियन बनेको हो ।

उपाधिसँगै गोर्खा लेजेन्ड वारियरले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता एलएलएफसीले नगद २२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

आयोजक टोलीले सेमिफाइनलमा विराट मेडिकल कलेज चिकित्सक टोलीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यस्तै, एलएलएफसीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालका कन्सल्टेन्ट टोलीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

प्रतियोगिताका विधागत पुरस्कारमा पनि आयोजक टोलीकै खेलाडीको वर्चस्व रह्यो । फाइनल खेलमा गोर्खा लेजेन्ड वारियरका सनम राई ‘म्यान अफ द म्याच’ घोषित भए ।

यस्तै, आयोजक टोलीकै सन्दिप कँडेल सर्वाधिक गोलकर्ता, क्षितिज शाक्य उत्कृष्ट गोलरक्षक, राज अधिकारी उत्कृष्ट प्रशिक्षक र अन्कित बस्नेत उत्कृष्ट खेलाडी घोषित भए ।

विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथि एवं आयोजक क्लबका अध्यक्ष धिरेन सम्सेर कुँवर, विशिष्ट अतिथि सुजन बस्नेत तथा अतिथिहरू सुवाशिस कोइराला, सरोज भण्डारी, जीवन बस्नेत, सुमन गिरी, सौरभ कोइराला र सुष्मा खड्काले पुरस्कार वितरण गरेका थिए  ।

चिकित्सक तथा स्वास्थ्य व्यवसायीबीच आपसी भाइचारा, सद्भाव र मनोरञ्जन अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष धिरेन शमशेर कुँवरले बताए ।

प्रतियोगितामा मोरङ र सुनसरीका स्वास्थ्य व्यवसायी तथा चिकित्सकका १५ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिता नकआउट फर्म्याटमा सञ्चालन गरिएको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु
आईतबार २५ असोज, २०८३
दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ
आईतबार २५ असोज, २०८३
घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
आईतबार २५ असोज, २०८३
बूढीगण्डकीमा आएको बाढीप्रति देउवाद्वारा दुःख व्यक्त
आईतबार २५ असोज, २०८३
इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढी : जोखिम क्षेत्रबाट ६ जनाको हवाई उद्धार
आईतबार २५ असोज, २०८३
निर्वाचन अनियमितताविरुद्धको प्रदर्शनमा पक्राउ परेकालाई बिनासर्त रिहा गर्न राष्ट्रसंघको माग
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको आग्रह
आईतबार २५ असोज, २०८३
अमेरिकामा दुई सामूहिक गोलीकाण्ड, बालबालिका र गर्भवती महिलासहित १४ जनाको मृत्यु
आईतबार २५ असोज, २०८३
बूढीगण्डकीको बाढीले गोरखा–धादिङ जोड्ने पुल बगायो
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०