विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २० असोज, २०८३
५३ minutes

विराटनगर- विराटनगर महानगरपालिका-२ स्थित विराट क्षितिज कलेजले बीएस्सी सीएसआईटी र बीसीए कार्यक्रमका नवआगन्तुक विद्यार्थीहरूलाई अभिमुखीकरण प्रदान गरेको छ।

शैक्षिक सत्र २०८३ मा भर्ना भएका बीएस्सी सीएसआईटी र बीसीए कार्यक्रमका विद्यार्थीका लागि असोज १७ र १८ गते इलामको कन्यामस्थित जंगल रिसोर्टमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।

Advertisement

त्रिभुवन विश्वविद्यालयले तोकेको कोटाअन्तर्गत कलेजमा बीएस्सी सीएसआईटीमा ३६ जना र बीसीएमा ३५ जना नयाँ विद्यार्थी भर्ना भएका छन्। कार्यक्रममा उनीहरूलाई सम्बन्धित विषयको अध्ययन पद्धति, पाठ्यक्रम, शैक्षिक अवसर तथा सूचना प्रविधिको क्षेत्रमा विकसित भइरहेका सम्भावनाबारे जानकारी दिइएको थियो।

कलेजका अध्यक्ष दिनेशकुमार दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डा. सुदन झा प्रमुख अतिथि र मेची क्याम्पसका बीएस्सी सीएसआईटी कार्यक्रमका कोअर्डिनेटर सुनिल शर्मा विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा विराट क्षितिज कलेजका क्याम्पस प्रमुख खुशीराज श्रेष्ठ, सञ्चालकहरू आयुष लम्साल, सागर श्रेष्ठ, सुशील घिमिरे र कृष्णबहादुर भण्डारीलगायत पनि सहभागी थिए।

अभिमुखीकरणका क्रममा विद्यार्थीलाई बीएस्सी सीएसआईटी र बीसीएको अध्ययन संरचना, पाठ्यक्रम तथा प्रयोगात्मक शिक्षाको महत्त्वबारे जानकारी गराइएको थियो। सूचना प्रविधिको क्षेत्रमा तीव्र रूपमा भइरहेको विकाससँगै दक्ष जनशक्तिका लागि सिर्जना भइरहेका अवसरबारे समेत विद्यार्थीहरूलाई अवगत गराइएको थियो।

कार्यक्रममा अघिल्ला ब्याचका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै नयाँ विद्यार्थीलाई स्वागत गरेका थिए।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

आईतबार १८ असोज, २०८३
२ दिनअघि

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने

आईतबार १८ असोज, २०८३
२ दिनअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
२ हप्ताअघि

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ हप्ताअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
२ हप्ताअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
४ हप्ताअघि
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०