कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १८ असोज, २०८३
२ महिनाअघि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि भारत, चीन, बंगलादेशसहित विभिन्न देशका राजनीतिक दल तथा अन्तर्राष्ट्रिय संस्थाले शुभकामना दिएका छन्।

भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले कांग्रेस सभापति गगनकुमार थापालाई शुभकामना दिँदै महाधिवेशन सफलताको कामना गरेका छन्। उनले बाढीबाट प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाउँदै भारत नेपालसँगै रहेको र राहत तथा पुनःस्थापनाका काममा सहयोग जारी राख्ने बताएका छन्। साथै, भाजपा र नेपाली कांग्रेसबीचको सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।

Advertisement

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले पनि कांग्रेसको १५औँ महाधिवेशन सफलताको शुभकामना दिएको छ। विभागले नेपाली कांग्रेसले नेपालको विकास र जनताको जीवनस्तर सुधारमा थप योगदान गर्ने विश्वास व्यक्त गर्दै दुई पार्टीबीचको सहकार्य र आदानप्रदानलाई निरन्तरता दिने जनाएको छ।

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले पनि महाधिवेशनका लागि शुभकामना पठाएका छन्। व्यक्तिगत प्रतिबद्धताका कारण आफू उपस्थित हुन नसक्ने जनाउँदै उनले आफ्नो प्रतिनिधिका रूपमा विवेक तन्खालाई पठाएको बताएका छन्।

त्यस्तै, बंगलादेश नेसनल पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री तारिक रहमानले पनि महाधिवेशन सफलताको शुभकामना दिएका छन्। उनले बंगलादेश र नेपाली कांग्रेसबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप अघि बढाउने इच्छा व्यक्त गरेका छन्।

एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) का अध्यक्ष चुंग ई उङले बाढीबाट प्रभावित नेपालीप्रति समवेदना व्यक्त गर्दै प्राकृतिक विपत्तिसँग जुध्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्। उनले नेपाली कांग्रेसलाई आईक्यापको संस्थापक सदस्य तथा लामो समयदेखिको महत्त्वपूर्ण साझेदारका रूपमा उल्लेख गर्दै आगामी नोभेम्बरमा दक्षिण कोरियाको सियोलमा हुने आईक्यापको १३औँ महासभामा सहभागी हुन कांग्रेस नेतृत्वलाई निम्तो दिएका छन्।

यसैगरी, बेलायतको लेबर पार्टी, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष तथा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसहित अन्य विदेशी राजनीतिक दल तथा नेताहरूले पनि कांग्रेस महाधिवेशनको सफलताको शुभकामना पठाएका छन्।

महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपालस्थित अमेरिकी, बेलायती, स्विस र चिनियाँ दूतावास तथा युरोपेली संघका प्रतिनिधिलगायत विदेशी नियोगका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नेपाल–न्युजिल्यान्ड व्यापारिक साझेदारी बलियो बनाउने नयाँ पहल, दुई संस्थाबीच समझदारी

बुधबार ३ मङ्सिर, २०८३
११ घण्टाअघि

हिरासतमा राखिएको भन्दै ओलीको आक्रोश– ‘हामी किरा–फट्याङ्ग्रा हौँ?’

बुधबार ३ मङ्सिर, २०८३
१२ घण्टाअघि

पढाइ र रोजगारीको प्रलोभनमा मानव बेचबिखन, नियन्त्रणका लागि कानुन समयसापेक्ष बनाउन सांसद विकको माग

मङ्गलबार २ मङ्सिर, २०८३
१ दिनअघि

भारत र चीनसँग समानान्तर सम्बन्ध विस्तारमा रास्वपा, पार्टी र सरकारका छुट्टाछुट्टै कूटनीतिक सक्रियता

सोमबार १ मङ्सिर, २०८३
३ दिनअघि

रास्वपाको चीन भ्रमणमा सरकारी खर्च नहुने महामन्त्री आचार्यको दाबी

आईतबार ३० कार्तिक, २०८३
४ दिनअघि

इजरायलमा सत्ता समीकरणको रस्साकस्सी, नेतान्याहूको एकता प्रस्ताव विपक्षीद्वारा अस्वीकार

आईतबार ३० कार्तिक, २०८३
४ दिनअघि
दानबहादुर कार्कीलाई तत्काल आईजीपीमा पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार, सरकारसँग मागियो कारण
बुधबार ३ मङ्सिर, २०८३
नेपाल–न्युजिल्यान्ड व्यापारिक साझेदारी बलियो बनाउने नयाँ पहल, दुई संस्थाबीच समझदारी
बुधबार ३ मङ्सिर, २०८३
एक वर्षमै ७ खर्ब ६५ अर्बका नोट नष्ट गर्‍यो राष्ट्र बैंकले
बुधबार ३ मङ्सिर, २०८३
बाल हिंसा अन्त्य गर्न नेपालका सात प्रतिबद्धता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत
बुधबार ३ मङ्सिर, २०८३
भोटेकोशी बाढीपीडितका लागि सहयोग जुट्दै, राहत कोषमा १८ अर्बभन्दा बढी मौज्दात
बुधबार ३ मङ्सिर, २०८३
हिरासतमा राखिएको भन्दै ओलीको आक्रोश– ‘हामी किरा–फट्याङ्ग्रा हौँ?’
बुधबार ३ मङ्सिर, २०८३
कर्णालीमा पुल निर्माण अलपत्र पार्ने ठेकेदारमाथि कारबाही, दुई आयोजनाको सम्झौता रद्द
बुधबार ३ मङ्सिर, २०८३
एकैदिन सुनको भाउ ६ हजार ३ सय रुपैयाँले सस्तियो
बुधबार ३ मङ्सिर, २०८३
पढाइ र रोजगारीको प्रलोभनमा मानव बेचबिखन, नियन्त्रणका लागि कानुन समयसापेक्ष बनाउन सांसद विकको माग
मङ्गलबार २ मङ्सिर, २०८३
दूधको मूल्य बढाउन चितवनका किसानको एक साताको अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी
मङ्गलबार २ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०