काठमाडौं । नेपाली क्रिकेट टोलीका ब्याटर रोहित पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा शतक बनाएका छन् ।
ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ–१ मा जारी खेलमा रोहितले १२६ बलमा शतक पूरा गरेका हुन् । उनले शतक पूरा गर्ने क्रममा ८ चौका र १ छक्का प्रहार गरेका छन् ।
यो रोहितको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) करियरको तेस्रो शतक हो । उनले ओडीआईमा १२ अर्धशतकसमेत बनाएका छन् । उनको व्यक्तिगत उच्च स्कोर १२६ रन हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले समाचार तयार पार्दासम्म ४७ ओभरमा ५ विकेट गुमाएर २०५ रन बनाएको छ ।