लघुकथाः शुभकामना आमा !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १४ ब‌ैशाख, २०८२
१ वर्षअघि

निन्द्राको चपेटामा थिएँ । निदाउन खोज्थें पत्नीको गन्थन सुरु हुन्थ्यो । ‘हन आज यति छिट्टै केको भुसुक्कै हो ?’

मैले भनेको थिएँ, -‘भोलि मातातीर्थ औंसी ! आमाले शरीर छोडेर गएको पनि ११ वर्ष भइसकेछ, सपनामा भएपनि ममतामयी आमालाई देख्न पाउँछु कि ?’

उनलाई पनि थाहा थियो, आमा अन्नपूर्ण देवी हुनुहुन्थ्यो । कतिखेप जीन्दगी डामाडोल हुँदा खेपिदिनुहुन्थ्यो । लुकाएर हुन्छ कि, आँखा छलेर हुन्छ । एकमाना चामल कोठामा लिएर आइपुग्नु हुन्थ्यो र भन्नुहुन्थ्यो, ‘छोरो भ‌ोकाउँछ, पकाऊ र आफू पनि खाऊ ।’

मैले आमा आएको चाल पाउँथें । सासु-बुहारीको गफ चलेको सुन्थें । पत्नी र आमा मेरै थिए । मेरो संगत आवराहरूसँग थियो । ती आवाराहरूको बीचमा बुद्धिजीवी पनि मै थिएँ ।

आमा कोठाबाट पल्याक पुलुक यताउता हेर्दै, बाहिरिन खोज्ने, कसैले देखे भने कराउँछन् कि भन्ने एक प्रकारको डराउने प्रवृति थियो आमाको ।

मलाई मात्रै मातृत्वको प्रेम थिएन । आमाको सबैमा उत्तिकै हक थियो, अधिकार थियो ।

सबै छोराहरूको कोठातिर चाहार्ने बानी नै थियो आमाको । यसरी चाहार्नुको उद्देश्य थियो, “हुनेले त खाए होलान् , नहुनेले के खाए होलान् ?”

आमाको यो चियो चर्चोलाई म भन्थें, “आमा हामी परिस्थितीबाट अलग भएपनि, तपाईं हाम्रै आमा, हामी तपाईंकै सन्तान हौं । गर्व गरेको छु कि तपाईं हाम्रो सिङ्गो आमा हुनुहुन्छ ।”

समय बलवान नै भन्नु पर्‍यो, जागिर सजिलैसित पाएँ मैले । अब आमाको ऋणको भार तिर्न सक्छु भन्ने आँट लिएँ मनमा। बिस्तारै म सक्षम बन्दै थिएँ, दैवको लिला !

मेरो आमालाई छिन्यो त्यो अदृश्य शक्तिले । मलगायत दाजु-भाइ स्तब्ध भयौं ।

कुराहरू खेल्दै थिए मनमा, कुनबेला भुसुक्कै भएँछु । सपनामै बरबराएँछु, ‘आमा ! आमा !! आमा !!!

विराटनगर-६, ममता-मार्ग ।

प्रकाशित समय: आईतबार १४ ब‌ैशाख, २०८२, १०:५८:४१
संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
मङ्गलबार २२ ब‌ैशाख, २०८३
जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
मङ्गलबार २२ ब‌ैशाख, २०८३
तोलाको ३८ सयले घट्यो सुन
मङ्गलबार २२ ब‌ैशाख, २०८३
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने तयारीमा राष्ट्रपति
मङ्गलबार २२ ब‌ैशाख, २०८३
भिडियो खिच्न रोकिएको भन्ने समाचार असत्य: प्रेस सल्लाहकार दाहाल
सोमबार २१ ब‌ैशाख, २०८३
व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न सर्वोच्चको आदेश
सोमबार २१ ब‌ैशाख, २०८३
डोजर अभियानको असर पोखरामा: सुकुम्वासी सडकमा, ‘विकल्प बिना हट्दैनौं’
सोमबार २१ ब‌ैशाख, २०८३
भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने यात्रा खुला गरेको विरोधमा काठमाडौंमा प्रदर्शन
सोमबार २१ ब‌ैशाख, २०८३
दलित संघका अध्यक्ष विश्वकर्माको राजीनामा, स्वास्थ्य र पारिवारिक कारण देखाए
सोमबार २१ ब‌ैशाख, २०८३
मुख्यमन्त्री बानियाँको घर–कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
सोमबार २१ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०