विराटनगर । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल भोलि झापा भ्रमणमा जाने भएकी छन्।
भ्रमणका क्रममा उनले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी तथा सहकारी पीडितहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
साथै, स्थानीय नागरिकसँग अन्तरक्रिया गरी भूमिहीन तथा सुकुम्वासीका समस्या, सहकारपीडितका गुनासा र भूमि व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल हुने छ।