विराटनगर । नेपालमा अर्नब चक्रवातको प्रभाव सकिएसँगै मौसममा क्रमिक सुधार आउन थालेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दिनमा देशभर मौसम थप सफा र घमाइलो हुँदै जानेछ।महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेतका एक–दुई स्थानमा छिटपुट वर्षाबाहेक ठूलो वर्षा भएको छैन।
तराई, काठमाडौं र पोखरालगायतका उपत्यकामा लागेको हुस्सु तथा कुहिरो पनि क्रमशः हट्दै गएको छ।
आइतबार पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीसँगै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहे पनि अधिकांश स्थानको मौसम सफा रहनेछ।
सोमबार बिहान तराई तथा उपत्यकामा हल्का हुस्सु लाग्ने भए पनि दिउँसोदेखि मौसम थप सुधार हुँदै जानेछ।
चक्रवातको प्रभाव हटेसँगै महाशाखाले आगामी पाँच दिनका लागि हरियो रङको चेतावनी जारी गरेको छ।