काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जीज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्। संसदीय सुनुवाइका क्रममा राजदूत नियुक्त भएर जापान जाँदा स्वार्थ बाझिने विषय उठेपछि उनले नियुक्ति प्रक्रिया अघि नबढाउने निर्णय गरेका हुन्।
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकमा सभापति बोधनारायण श्रेष्ठले थापाले समितिलाई पठाएको पत्रबारे जानकारी गराएका थिए। पत्रमार्फत थापाले राजदूत नियुक्तिका लागि प्रस्तावित आफ्नो नाम फिर्ता लिएको जानकारी गराएका हुन्।