विराटनगर । स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेज ६ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आइपुगेका छन् ।
सभामुख डीपी अर्यालको निमन्त्रणामा उनी आज कतार एयरवेजको उडानमार्फत काठमाडौं आइपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सांसद खुश्बु ओलीले स्वागत गरेकी थिइन् ।
नेपाल भ्रमणका क्रममा उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधिसभाका सभामुख डीपी अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।