शारदामा धुमधामका साथ मनाइयो सरस्वती पूजा

प्रवेश तिम्सिना
शुक्रबार १० माघ, २०८२
९ महिनाअघि

मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा अवस्थित शारदा सेकेन्डरी स्कुलले सरस्वती पूजाको अवसर पारेर आफ्नो वार्षिकोत्सव मनाएको छ । वसन्त पञ्चमीको दिन शुक्रबार स्कुल परिसरमा विविध कार्यक्रमको आयोजना गर्दै स्कुलले १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

विद्याकी देवी सरस्वतीको मूर्तिमा विधिवत पूजा गरी सुरु भएको वार्षिकोत्सव कार्यक्रममा सांगीतिक र साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो, जसमा विद्यार्थीहरूले नृत्य र गायन गर्दै उपस्थित अतिथि, अभिभावकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

Advertisement

विराटनगरस्थित डिग्री कलेजका पूर्वक्याम्पस प्रमुख डा. मनोजकुमार राउतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शैक्षिक क्रियाकलापमा उत्कृष्ट विद्यार्थी र खेलकुदका विविध कार्यक्रमहरूका विजेता विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।

त्यसबाहेक सरस्वती पूजाको अवसर पारेर स्कुलले आयोजना गरेको अक्षराम्भ कार्यक्रममार्फत् ८० जना स–साना विद्यार्थीहरूलाई भर्ना गरिएको प्रिन्सिपल सञ्जयकुमार मण्डलले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रिन्सिपल मण्डलले ग्रामथानभरिकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा कहलिएको स्कुलले प्रत्येक वर्ष सर्वोत्कृष्ट नतिजा आत्मसात् गरिरहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि डा. राउत, स्कुलका भाइस प्रिन्सिपल उमेश लुइँटेल, स्कुलका अध्यक्ष यादवप्रसाद खतिवडालगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडाध्यक्ष यादव खतिवडा, कवि भरत गुरागाईं ‘बर्बरिक’, पूर्वसञ्चालक यदुननन्दन मिश्र, पूण्यप्रसाद लुइँटेल, शेखर नेपाल, तीर्थराम घिमिरे, गोपाल खतिवडा, ब्यानुधर लुइँटेल, शिक्षा शाखा प्रमुख विशिष्ठ अथिति भीम न्यौपाने तथा शिक्षक–शिक्षिका अनि अभिभावको उपस्थिति रहेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक
आईतबार २५ असोज, २०८३
क्यानडाविरुद्ध रोहित पौडेलको शतक
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन
आईतबार २५ असोज, २०८३
रिहा भएपछि ध्रुव राठीको आरोप– ‘पुलिसले मलाई किडन्याप नै गरेको हो’
आईतबार २५ असोज, २०८३
बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु
आईतबार २५ असोज, २०८३
दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ
आईतबार २५ असोज, २०८३
घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
आईतबार २५ असोज, २०८३
बूढीगण्डकीमा आएको बाढीप्रति देउवाद्वारा दुःख व्यक्त
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०