सीमा आभासको पहिलो उपन्यास ‘महायुग’ सार्वजनिक

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ४ असोज, २०८२
१ वर्षअघि

विराटनगर । कविता लेखनमार्फत स्थापित साहित्यकार सीमा आभास यसपटक पहिलो उपन्यासमार्फत पाठकमाझ प्रस्तुत भएकी छन् ।

उनको पहिलो उपन्यास ‘महायुग’ सार्वजनिक भएको हो ।

Advertisement

विराटनगर बसेर सिर्जनकर्ममा सक्रिय सीमा आभासको यो चौथो पुस्तक हो ।

यसअघि साँझको संघारबाट कविता संग्रह, टापुका स्वरहरू कथासंग्रह र म स्त्री अर्थात् आइमाई कविता संग्रह प्रकाशन गरेकी उनी यसपटक उपन्यासमार्फत पाठकमाझ पुगेकी हुन् ।

महायुग उपन्यास बुक हिलले प्रकाशन गरेको हो ।

महिलामा जे छ भनेर व्याख्या पुनः व्याख्या जसरी गरिएको छ, त्योभन्दा अलग खालको व्याख्या पुस्तकमा रहेको छ ।

महिलाहरू कोही मारिए, कोही आधा आयुमा मरे भने, त्यसरी मरेका स्त्रीहरुलाई शक्तिशाली मान्छे नै बनाएर अवतरित गरिएको यो कृतिमा स्त्रीको सीमातीत शारीरिक शक्ति र आत्मालाई चिनेपछि मात्र सारा मानव संसार र सृष्टि उज्यालो हुने सन्देश लिपिबद्ध छ ।

उपन्यासमा एक नारीको आत्मजागृतिको कथालाई एक पिँढीदेखि अर्को पिँडीसम्मका चार पुस्तामा चित्रण गरिएको छ ।

विगतका भूकम्प, भारतीय नाकाबन्दी र कोरोनाकालमा नेपाली साहित्य क्षेत्रलाई चलायमान बनाउन आफूले खेलेको भूमिका स्मरण गर्दै देशको आजको विषम परिस्थितिमा पनि पुस्तक सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत बुकहिलले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एक जिम्मेवार प्रकाशन संस्था भएकाले अहिलेको जेन–जी पुस्ताले समेत नेपाली साहित्य पढून् भन्ने उद्देश्यले समेत यो उपन्यास सार्वजनिक गरिएको हो ।’

लेखक सीमा आभासले समाजले आफू अनुकूलको बन्धनभित्र स्त्रीलाई राख्ने गरेको तर स्त्रीभित्र जुन दबिएको स्त्री–शक्ति छ, त्यसलाई जागृत गराई बाँच्न चाहेको परिकल्पनामा उपन्यास लेखेको बताएकी छन् ।

‘स्त्रीको चेतना अनुरुप नै यस उपन्यासमा एक महायुगको निर्माण गरेकी छु’, उनले भनिन् ।

कथा र कवितामा कलम चलाइरहेकी विद्रोही चेतलाई आफ्नो लेखनमा मुखरित गर्ने सीमा आभासको यस उपन्यासमा युगीन नारी हुँकारलाई प्रस्तुत गरिएको छ ।

३६० पृष्ठको पुस्तकको मूल्य ६९९ रूपैयाँ तोकिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु
आईतबार १६ कार्तिक, २०८३
अर्नब चक्रवातको प्रभाव हट्दै, अब मौसम घमाइलो हुने
आईतबार १६ कार्तिक, २०८३
सामान्य प्रशासन मन्त्री रावल झापा जाँदै
आईतबार १६ कार्तिक, २०८३
देशमा अस्थिरता थेग्ने अवस्था नरहेको बाबुराम भट्टराईको टिप्पणी
आईतबार १६ कार्तिक, २०८३
उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा
आईतबार १६ कार्तिक, २०८३
इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा
आईतबार १६ कार्तिक, २०८३
रोशीको बाढीले बीपी राजमार्गमा ठूलो क्षति, सञ्चालनमा आउन अझै समय लाग्ने
आईतबार १६ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०