विराट गोल्ड कप : एपिएफ क्वार्टरफाइनलमा, आज हुँदै छ आर्मीको खेल

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २१ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ)९ औँ संस्करणको विराट गोल्ड कपको क्वाटर फाइनलमा पुगेको छ । विराटनगरको सहिद रङ्गशालामा मङ्गलवार भएको दोस्रो दिन खेलमा भारतको सुदेभा दिल्ली फुटबल क्लबलाई टाई बेकरमा ५–३ गोलले हराउँदै एपीएफ क्वाटर फाइनलमा पुगेको हो ।

निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो टाई बेकरबाट भएको हो । टाई बेकरमा एपीएफको तर्फबाट सुमन श्रेष्ठ, दीपेश धिमाल, मणि कुमार लामा, सविन गुरुङ र अनिल श्रेष्ठले गोल गरे ।दिल्लीको तर्फबाट राहिफ, पिसि र उदितले मात्र गोल गरे भने रमेशको प्रहार एपीएफका गोल रक्षक एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको पहिलो हाफसम्म दबाबमा राखेको एपीएफले दोस्रो हालदेखि आक्रामक खेल पस्कियो । तर, पनि जितको लागि टाइबेर कुर्नु परेको थियो । । खेलको ३० औ मिनटेमा एपीएफका हरि कार्कीले बललाई मध्य भागबाट बललाई एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट गरेको प्रहार बाहिरियो । त्यस लगत्तै एपीएफका मनि कुमार लामाले पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । सुमनले निकालेको पासलाई मनीकुमारले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरियो । ३७ मिनेटमा एसपीएफका हरिले डी बक्स भित्रबाट गरेको पावर फुल प्रहार फस्ट बारबाट बाहिरियो । दोस्रो हाफदेखि दिल्लीले पाएको सुन्दर अवसर खेर फाल्दा पाहुना टोली प्रतियोगितादेखि बाहिरिन बाध्य भयो । खेलको ८५ औँ मिनेटमा दिल्लीका उदितले डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरिदिए । त्यस लगतै दिल्लीका लुन्कल गरेको वान टच बल एपीएफका गोल रक्षक श्रेष्ठले उत्कृष्ट बचाउँदा गरिदिँदा गोल हुनबाट चुक्यो । प्रतियोगिताको प्ले अफ द म्याच एपीएफको गोल रक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार पाए ।

बुधवार पहिलो क्वाटर फाइनल खेल त्रिभुवन आर्मी र रिजालको मोरङ ११ बिच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित समय: बुधबार २१ फाल्गुण, २०८१, ०६:४२:२६
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०