जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३१ भदौ, २०८३
२० घण्टाअघि

विराटनगर। चुनौती र उतारचढावबीच आफ्नो सेवा र व्यवसायलाई निरन्तरता दिँदै आएको नेपालिरिका होटल पब्लिक लिमिटेडले स्थापनाको छैटौँ वार्षिकोत्सवको अवसरमा आश्विन महिनाभर विशेष उत्सव आयोजना गर्ने भएको छ।

जेन्जी आन्दोलनका क्रममा क्षति व्यहोरेको होटलले त्यसपछि पनि ग्राहक, व्यवसायी, पत्रकार, शिक्षक तथा आमसर्वसाधारणको साथ र विश्वासका आधारमा पुनः सेवा सञ्चालन गर्दै आएको जनाएको छ। यही यात्रालाई सम्झँदै होटलले छैटौँ वार्षिकोत्सवलाई विशेष बनाउने तयारी गरेको हो।

होटलले दमक–६, भृकुटी चोक र सुन्दरहरैँचा–९, विराटचोकस्थित आफ्ना दुवै परिसरमा वार्षिकोत्सव विशेष कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। आश्विनभर ग्राहकका लागि विशेष आवास प्याकेज, खानाका परिकार, कम्बो प्लाटर्स तथा पेय पदार्थका आकर्षक प्याकेज उपलब्ध गराइनेछ।

त्यस्तै, होटल परिसरमा विशेष बार्बेक्यु तथा विभिन्न परिकारका लाइभ फुड स्टेसन सञ्चालन गर्ने तयारी गरिएको छ। परिवार, साथीभाइ, सहकर्मी तथा आफन्तसँग भेटघाट र मनोरञ्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी विशेष खानपान तथा आतिथ्य सेवाको व्यवस्था गरिने होटल व्यवस्थापनले जनाएको छ।

होटलका अनुसार छैटौँ वार्षिकोत्सव स्थापनाको छ वर्ष पूरा भएको अवसर मात्र नभई ग्राहक, शुभेच्छुक, कर्मचारी, व्यवसायी तथा व्यावसायिक साझेदारसँगको छ वर्षे सम्बन्ध, विश्वास र सहकार्यको उत्सव हो।

जेन्जी आन्दोलनका क्रममा होटलमा क्षति पुगेपछि व्यवसाय पुनः लयमा फर्काउन चुनौती भए पनि विभिन्न क्षेत्रबाट प्राप्त साथ र सहयोगले अघि बढ्न हौसला मिलेको होटल व्यवस्थापनको भनाइ छ।

होटलले कठिन परिस्थितिमा साथ दिने सम्पूर्ण व्यवसायी, पत्रकार, शिक्षक, ग्राहक तथा आमसर्वसाधारणप्रति आभार व्यक्त गरेको छ। व्यवस्थापनले आगामी दिनमा पनि ग्राहकलाई गुणस्तरीय सेवा, स्वाद र आत्मीय आतिथ्य प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

“छ वर्षको विश्वास र साथका लागि हार्दिक आभार। यस आश्विनमा विशेष स्वाद, विशेष सेवा र विशेष सम्झनासहित हामीसँगै उत्सव मनाउनुहोस्,” होटल व्यवस्थापनले आग्रह गरेको छ।

वार्षिकोत्सवका अवसरमा सञ्चालन हुने विशेष प्याकेज तथा कार्यक्रमले आश्विन महिनाभर ग्राहकलाई फरक अनुभव दिने होटलको अपेक्षा छ।

छ वर्षको विश्वास, आत्मीयता र आतिथ्यको यात्रालाई उत्सवका रूपमा मनाउँदै नेपालिरिका होटलले यसपटकको आश्विनलाई विशेष बनाउने तयारी गरेको छ।

प्रकाशित समय: बुधबार ३१ भदौ, २०८३, १९:४२:१७

सम्बन्धित खबर

बिहिबार १ असोज, २०८३
२२ minutes

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
१८ घण्टाअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ दिनअघि

प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न

शनिवार २७ भदौ, २०८३
५ दिनअघि

एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी

शनिवार २७ भदौ, २०८३
५ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
७ दिनअघि
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०