स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ४ असोज, २०८३
१ महिनाअघि

विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा सम्पन्न जुनियर लेभल (कक्षा १–३) स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम हुँदै च्याम्पियन बनेको छ।

प्रतियोगितामा एभरेष्ट सेकेन्डरी स्कुल द्वितीय, डिएभी स्कुल तृतीय र गौतमबुद्ध सेकेन्डरी स्कुल सान्त्वना भएका छन्। प्रतियोगिताका विभिन्न चरणमा सबैभन्दा बढी सही उत्तर दिँदै एभरेष्ट सेकेन्डरी स्कुलले ‘बेस्ट स्पेलर’ अवार्डसमेत प्राप्त गरेको छ।

Advertisement

कार्यक्रमकी प्रमुख अतिथि प्याब्सन केन्द्रीय कार्यसमिति सदस्य शितला सुब्बाले विद्यार्थीको सिकाइलाई प्रतिस्पर्धात्मक र रमाइलो बनाउँदै भाषा तथा शब्दज्ञानको विकास गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताइन्। विद्यार्थीको प्रतिभा पहिचानसँगै आत्मविश्वास अभिवृद्धि गर्न विद्यालयस्तरमा सिर्जनात्मक तथा ज्ञानमूलक प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिइन्।

कार्यक्रमका अध्यक्ष तथा प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले विद्यार्थीको ज्ञान, क्षमता र प्रतिभा प्रस्फुटनका लागि प्याब्सन विराटनगरले विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताए। प्रतियोगितालाई केवल जित–हारका रूपमा नलिई विद्यार्थीको सिकाइ, आत्मविश्वास र व्यक्तित्व विकाससँग जोडेर हेर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रमका संयोजक इश्वरी प्रसाद मिश्रले प्रतियोगितामा सहभागी विद्यार्थी तथा विद्यालयलाई धन्यवाद दिँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने बताए।

प्रतियोगितामा विराटनगरका २६ वटा विद्यालयका कक्षा १ देखि ३ सम्मका विद्यार्थी सहभागी भएका थिए। आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीमा शब्दज्ञान, सही हिज्जे लेख्ने क्षमता, आत्मविश्वास तथा स्वस्थ प्रतिस्पर्धात्मक भावनाको विकास गर्न सहयोग पुगेको छ।

कार्यक्रममा प्याब्सन विराटनगरका उपाध्यक्ष अशोक लामा, कोषाध्यक्ष गोपाल रिजाल, सहसचिव दिनेश ढुङ्गाना, सहकोषाध्यक्ष देविलाल महतो तथा सदस्यहरू यादव प्रधान र विजय सिंहलगायत विभिन्न विद्यालयका संस्थापक, प्रिन्सिपल, शिक्षक तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
१९ घण्टाअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
१९ घण्टाअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
४ दिनअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
५ दिनअघि
नेपालको कप्तान

शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै

सोमबार ३ कार्तिक, २०८३
५ दिनअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
६ दिनअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०