सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ९ साउन, २०८३
२ महिनाअघि

विराटनगर । सर्पदंशबाट एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिकामा तनाव उत्पन्न भएको छ।

उपचारमा ढिलाइ भएको र समयमै एम्बुलेन्स नपाएको आरोप लगाउँदै आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी सडक अवरुद्ध गरेका छन्।

भगवानपुर गाउँपालिका–४ कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएका सप्तरीको बलान बिहुल गाउँपालिका निवासी अरुण मण्डलका छोरा रोशन मण्डलको थप उपचारका लागि समयमै रिफर हुन नसकेको स्थानीयको आरोप छ।

परिवारका अनुसार बालकको अवस्था गम्भीर भएपछि थप उपचारका लागि अन्यत्र लैजान एम्बुलेन्स खोजिएको थियो। तर एम्बुलेन्स चालकले गाउँपालिका अध्यक्ष उग्र नारायण यादवको अनुमति बिना एम्बुलेन्स चलाउन नमिल्ने बताएपछि उपचार प्रक्रियामा ढिलाइ भएको दाबी गरिएको छ।

यही ढिलाइका कारण बालकको बाटोमै मृत्यु भएको आफन्तहरूले बताएका छन्।

घटनापछि आक्रोशित स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्रमा तोडफोड गरेका छन्। उनीहरूले हुलाकी सडकमा टायर र दाउरा बालेर सडक अवरुद्ध गरेपछि यातायात सेवा प्रभावित भएको छ।

स्थानीयका अनुसार बिहान ११ बजे गाउँपालिका अध्यक्षसँग वार्ता गर्ने सहमति भए पनि अध्यक्ष वार्तास्थलमा उपस्थित नभएपछि आन्दोलन थप चर्किएको हो।

आन्दोलनका अगुवा प्रविन्द यादव र इन्दल मण्डलले गाउँपालिका अध्यक्ष वार्तामा नआएको भन्दै असन्तुष्टि जनाएका छन्।

घटनाको अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

प्रकाशित समय: शनिवार ९ साउन, २०८३, १३:३८:०२

सम्बन्धित खबर

सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो

आईतबार २१ भदौ, २०८३
३ दिनअघि

सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह

बुधबार १३ साउन, २०८३
१ महिनाअघि

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्न चिकित्सकको सुझाव

शनिवार ९ साउन, २०८३
२ महिनाअघि

काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा

सोमबार ४ साउन, २०८३
२ महिनाअघि

रक्षामन्त्री हटाएपछि युक्रेनमा जेलेस्की विरुद्ध विरोध प्रदर्शन

शुक्रबार १ साउन, २०८३
२ महिनाअघि

सरकारसँग संवाद प्रभावकारी बनाउन मिटरब्याज पीडितको वार्ता टोली गठन

बिहिबार ३२ असार, २०८३
२ महिनाअघि
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०