डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्न चिकित्सकको सुझाव

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ९ साउन, २०८३
२ महिनाअघि

धनगढी । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। शनिबार बिहान गरिएको स्वास्थ्य परीक्षणमा उनको रक्तमा सुगरको मात्रा अत्यन्त न्यून देखिएपछि चिकित्सकले तत्काल आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका छन्।

सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले गरेको परीक्षणमा डा. केसीको रक्तचाप ११०/९० र रक्तमा सुगरको मात्रा ५० रहेको पाइएको छ। यद्यपि, डा. केसीले आईसीयूमा भर्ना हुने विषयमा आफू विचार गर्ने बताएका छन्।

Advertisement

बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा पाँचबुँदे माग राख्दै अनसनरत केसीको स्वास्थ्य बिग्रिँदै गएको उनका सहयोगी अमृत जैशीले बताएका छन्। उनका अनुसार मांसपेशी बाउडिने, बोल्न कठिन हुने, हिँडडुल गर्न र शौचालय जानसमेत समस्या हुन थालेको छ।

यसबीच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार डा. केसीका माग सम्बोधन गर्न तयार रहेको बताएका छन्। मन्त्री पोखरेलले वार्ता टोली गठन गर्ने र आवश्यक परे धनगढी आएर छलफल गर्ने प्रतिबद्धता जनाएको डा. केसीका सहयोगीले बताएका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०