शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १ असोज, २०८३
३ हप्ताअघि

कांग्रेस विभाजन रोक्न डा. शेखर कोइरालाको अपिल : ‘मध्यमार्ग खोज

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन रोक्दै सहमति, सहकार्य र एकताको बाटोमा अघि बढ्न कांग्रेसका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।

Advertisement

असोज १ गते कांग्रेसका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै जारी गरेको पत्रमा कोइरालाले पार्टीभित्रको वर्तमान अवस्था र देशको परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।

उनले नेतृत्वले समझदारी, सहमति र सहकार्यका साथ अघि बढे राष्ट्र र पार्टी दुवैलाई जोगाउन सकिने भन्दै कांग्रेसले अहिले मध्यमार्ग र विवेकपूर्ण समझदारीको बाटो खोज्नुपर्ने बताएका छन्।

कोइरालाले कांग्रेसको गौरवशाली इतिहास स्मरण गर्दै संस्थापक नेता बीपी कोइराला लगायतका नेताले निष्ठा, आदर्श र नैतिक शक्तिका आधारमा पार्टी निर्माण गरेको उल्लेख गरेका छन्। पद, प्रतिष्ठा र प्रलोभनभन्दा माथि उठेर लोकतन्त्र र राष्ट्रियताको पक्षमा कांग्रेसले विगतमा खेलेको भूमिकाबाट अहिलेका नेता–कार्यकर्ताले पाठ सिक्नुपर्ने उनको भनाइ छ।

पार्टीभित्रको विभाजनप्रति असन्तुष्टि जनाउँदै कोइरालाले आफू कांग्रेस विभाजनबाट रोमाञ्चित हुन नसक्ने बताएका छन्। आफूले ‘को ठीक, को बेठीक’ भनेर पक्ष लिनुभन्दा पार्टीलाई एकताबद्ध बनाउने प्रयासलाई प्राथमिकता दिएको उनको भनाइ छ।

उनले भनेका छन्, “मेरो पीडा कांग्रेसको आसन्न घोषित दुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो। यो रोकौँ, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौँ।”

कोइरालाले कांग्रेसको आन्तरिक विवादकै बीच रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको अवस्थाप्रति पनि पार्टी संवेदनशील हुनुपर्ने बताएका छन्।

चाडपर्वको समयमा परिवारका सदस्य तथा आफन्त गुमाएका नागरिकको पीडा बुझ्दै कांग्रेस उनीहरूको दुःखमा मल्हम बन्नुपर्ने उनको भनाइ छ। कानुनी र विधानका प्रावधानलाई मात्र आधार बनाएर मानवीय संवेदनालाई बेवास्ता गर्न नहुने उनले उल्लेख गरेका छन्।

“हामी किन सहमति, सहकार्य र एकताबद्ध भएर चहराइरहेको घाउको मल्हम बन्न सकिरहेका छैनौँ ?” भन्दै कोइरालाले पार्टीको राष्ट्रिय दायित्वप्रति गम्भीर बन्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

विश्व राजनीतिमा भइरहेको परिवर्तनको प्रभाव नेपालमा समेत परिरहेको उल्लेख गर्दै उनले बीपी कोइरालाको राजनीतिक योगदानलाई स्मरण गरेका छन्। देशको अस्मिता र लोकतन्त्रका लागि संघर्ष गरेका संस्थापक नेताहरूको आदर्शलाई आत्मसात् गर्दै कांग्रेस एकताबद्ध हुनुपर्ने उनको धारणा छ।

कोइरालाले आफूले पार्टीभित्रको विवादमा कसैप्रति आरोप–प्रत्यारोप गर्न नचाहेको स्पष्ट पारेका छन्। कांग्रेस सफल हुने हो भने सबैको एकताबद्ध प्रयास आवश्यक रहेको उनको भनाइ छ।

उनले कांग्रेसका गाउँ, टोलदेखि केन्द्रसम्म तथा विदेशमा रहेका नेता–कार्यकर्तालाई समेत पार्टी एकताको अभियानमा जुट्न आग्रह गरेका छन्।

“हामी उठ्छौँ, जुट्छौँ र जित्छौँ,” भन्दै कोइरालाले पार्टीलाई एकताबद्ध राख्ने अभियानमा आफू निरन्तर सक्रिय रहने बताएका छन्।

उनले कांग्रेसको एकता र राष्ट्र निर्माणको अभियानलाई अलग–अलग रूपमा बुझ्न नसकिने उल्लेख गर्दै यही सन्देश लिएर गाउँघरमा पुगेर नेता–कार्यकर्तासँग संवाद गर्ने बताएका छन्।

डा. कोइरालाले आफ्नो पत्रको अन्त्यमा “जय नेपाल” भन्दै पार्टी एकताका लागि दृढ संकल्पका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बजेट ल्याउने तयारीमै अल्झियो सुदूरपश्चिम सरकार, प्रदेशसभा बैठक फेरि सर्‍यो

शनिवार २४ असोज, २०८३
४ घण्टाअघि

कांग्रेसको देउवा समूहमा मुगु सभापतिमा तिलकबहादुर मल्ल सर्वसम्मत

शनिवार २४ असोज, २०८३
५ घण्टाअघि

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक पुनर्निर्माण गर्न एक अर्ब माग

शनिवार २४ असोज, २०८३
५ घण्टाअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
५ घण्टाअघि

नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा

शनिवार २४ असोज, २०८३
८ घण्टाअघि

कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने

शनिवार २४ असोज, २०८३
९ घण्टाअघि
बजेट ल्याउने तयारीमै अल्झियो सुदूरपश्चिम सरकार, प्रदेशसभा बैठक फेरि सर्‍यो
शनिवार २४ असोज, २०८३
कांग्रेसको देउवा समूहमा मुगु सभापतिमा तिलकबहादुर मल्ल सर्वसम्मत
शनिवार २४ असोज, २०८३
बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक पुनर्निर्माण गर्न एक अर्ब माग
शनिवार २४ असोज, २०८३
७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग
शनिवार २४ असोज, २०८३
इरान युद्ध अन्त्य गर्ने सर्तबारे पुटिनले ट्रम्पलाई गराए जानकारी
शनिवार २४ असोज, २०८३
नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने
शनिवार २४ असोज, २०८३
सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके
शनिवार २४ असोज, २०८३
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०