लघुकथाः स्याबास !

-ऋषि तिवारी
शनिवार १० फाल्गुण, २०८१
१ वर्षअघि

बिहान सात बजेको समयमा चिया पिउँदै थिएँ । मोबाइल चार्जमा थियो । छोरीले उठाएर बोली, ‘हजुरबुबा नमस्ते । सन्चै हुनुहुन्छ बुबा ?’

‘मेरी नातिनी भाग्यमानी हुनू । राम्ररी पढ्नू । दिदी एसएलसी पास भई ?’ बाले प्रश्न तेर्साउनुभयो क्यारे । छोरी हाँसी र भनी, ‘बुबा हजुरले पढाइ खर्च गरेको मेरो बाबाको जस्तो एसएलसी होइन । अहिले एसइइ पो भन्छन् त ।’

Advertisement

हाँस्दै उहाँले भन्नुभयो, ‘बाठी भैइछे है, ‌मेरी नातिनी ! तिम्रा बाबालाई फोन देऊ त ।’

फोन मतिर तेर्साउँदै छोरीले भनिन्, ‘बाबा हजुरबुबाको फोन । कुरा गरिसियो रे ।’

‘बा, साष्टाङ्ग दण्डवत् गरेँ । आरामै हुनुहुन्छ बा ?’

बा भन्न थाल्नुभयो, ‘बाबु राम्रै छ । आज शनिबार फुर्सदिलो छस् कि ? गाउँ आइज न आज । कति नै टाढा छ र, तँ बसेको सहरदेखि गाउँ ?’

बाले गाउँ आउने निमन्त्रणा दिनुभएकोमा ‘गाउँ जाऊँ जाऊँ’ लाग्यो । पत्नीलाई भनेँ, ‘म आज जन्मथलो गाउँ जाने । तिमीहरू पनि जाने कि ?’ सबैले जाने नै भन्न थाले ।

सबैजना गाउँको बाटो लाग्यौँ । पाँच महिना भएको थियो, गाउँ नगएको । एक-दुई घण्टाको बाटो थियो । घर पुग्यौँ । बाको गन्जी फाटेर भुँडी देखिएको थियो ।

खरको छानोको घर उजाड भएको थियो । झ्यालका पल्लाहरू उप्किएका थिए । खण्डहर जस्तो देखिएको थियो । आमाको चोली र सारी पनि फाटेको देखें । मनले थाम्नै सकेन । आँसु बर्र झारें, अनि भनेँ, ‘आमा, बुबा ! अब यो बुढेसकालमा गाउँ हैन, छोराले कमाएर बनाएको सहरको घरमा बस्ने ।’

पत्नीले पनि पोकामा के के थियो, झिक्दै बालाई दिन थाली । म नियाल्दै थिएँ । उनले बालाई धोती र गन्जी, आमालाई सारी र चोलो दिइन् । मैले मनमनै भनेँ, ‘स्याबास ।’

00000
विराटनगर-६, ममता-मार्ग ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०