क्यानभासको आयोजनामा ‘जब कविता जुलुसमा निस्कन्छ’को गृह विमोचन

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २८ पुस, २०८१
१ वर्षअघि

इटहरी । कविता सङ्ग्रह ‘जब कविता जुलुसमा निस्कन्छ’को गृह विमोचन भएको छ ।

शनिबार क्यानभास साहित्य समाजको आयोजनामा सङ्गीत साधना प्रतिष्ठान नेपालको सभाहलमा गृह विमोचन गरिएको हो ।

कवि कवि सुरज रानाद्धारा लिखित उक्त सङ्ग्रहमा ४५ वटा कविता समावेश छ ।

कवि सुदीप पाख्रिनले सङ्ग्रहभित्रबाट ‘अनुभूति’ शीर्षकको कविता वाचन गरेसँगै गृह विमोचन भएको थियो । त्यसपछि कवि टीका आत्रेयले ‘सपना–जुत्ता’ र धीरज राईले ‘ओ बाहुनी’ शीर्षकको कविता वाचन गरे ।

कविता सङ्ग्रहमाथि कवि सीमा आभासले चर्चा गरिन् । कविले आफ्नो पहिचान र समुदायको कुरा कवितामार्फत पनि भन्न सकिने र उक्त सङ्ग्रहभित्र विद्रोहको स्वरसमेत रहेको उदृत गरिन् ।

‘कविले आफ्नो समुदायका मुद्वा ल्याउनपर्छ । त्यसमा सुरज सफल भएका छन्,’ उनले भनिन्, ‘लेखकलाई आफ्नोपनको छाप बनाउने चुनौती छ । म अरूभन्दा अलग हो भन्ने देखाउन चुनौतीमा हामी सबै छौँ । त्यो चुनौतीलाई चिर्नका निम्ति कवितामा आफ्नोपन आवश्यक हुन्छ ।’

यसैगरी कार्यक्रमको अर्को खण्डमा ‘सुरजसँग संवाद’ कार्यक्रम आयोजना गरियो । जसमा कवि रानासँग अमित थेवेले प्रश्नोत्तर गरे । कविता लेखन, सङ्ग्रह, पहिचान, सम्भव समूहलगायतबारे प्रश्नोत्तर भएको थियो ।

कार्यक्रममा कविहरूलाई कोशी प्रदेशसभा सदस्य मीना श्रेष्ठ, सङ्गीत साधना प्रतिष्ठानका महासचिव राजु केसी, कविहरू देवान किराती, डा. अस्मिता विष्ट, हेमन यात्री, एकु घिमिरे, किरण.टी लिम्बू, भरत दाहाललगायतले मायाको चिनो वितरण गरे ।
क्यानभास साहित्य समाजले १० वर्षयता विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको संस्थाका सचिव विवेक विवश रेग्मीले जनाए ।

प्रकाशित समय: आईतबार २८ पुस, २०८१, १४:४१:५६
राजनीतिक दललाई अनुदान दिने सरकारको घोषणा
शुक्रबार १५ जेठ, २०८३
नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने
शुक्रबार १५ जेठ, २०८३
नेपाललाई ‘ग्रे’ लिस्टबाट हटाउने घोषणा
शुक्रबार १५ जेठ, २०८३
तीन महिनाको लागि इन्धन भण्डारण गर्न मातृभूमि कोष स्थापना गर्ने
शुक्रबार १५ जेठ, २०८३
इरान युद्धको विरोधमा उत्रिए न्यूयोर्कका मेयर जोहरान ममदानी
शुक्रबार १५ जेठ, २०८३
उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता
शुक्रबार १५ जेठ, २०८३
बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार १५ जेठ, २०८३
अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै
शुक्रबार १५ जेठ, २०८३
सरकारले खुलायो राजदूत नियुक्तिका लागि आवेदन
शुक्रबार १५ जेठ, २०८३
गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै समृद्ध नेपाल सम्भव : सभापति थापा
शुक्रबार १५ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०