लघुकथा : सम्झायो २०७२ !

-ऋषि तिवारी
मङ्गलबार २३ पुस, २०८१
१ वर्षअघि

‘समय थियो बिहानको आठ बजे ।’

हुन त सात बजेदेखि नै अनलाइन बस्या थिएँ ।

साहित्यकार मित्रहरूसँग साहित्यिक कुरो नै चलिरहेको थियो । ‘मेरो पत्रिकामा आएन ?’ सबैजसो साथीहरूले प्रायः मलाई सोध्ने प्रश्न थियो यो । मैले जवाफ फर्काएको थिएँ, ‘पानी परिरहेको छ, पत्रिका आँगनसम्म आइपुगेको छैन ।’

पानी सिमसिम परिरहेको थियो । म घरी आँगनमा नियाल्थेँ । घरी भित्र पस्थेँ । मोबाइलमै ध्यान केन्द्रित गरेर फेरि मेसेन्जरमा कुराकानी गर्न थाल्थेँ । फ्यात्त आवाज आयो पिँढिमा । बुझेँ, पत्रिका आयो । पत्रिका हातमा लिएँ । मोबाइल सोफामा राखेर पत्रिकामा आँखा घुमाएँ । चिरपरिचित साथीहरूको रचना देखिनँ ।

मेसेन्जरमै हुनु भएको साहित्यिक मित्रलाई जवाफ दिएँ । ‘सर आज प्रकाशित भएनछ ।’

उहाँले यति भन्नु भो, ‘ए ल ठिक छ ।’

एकातिर मोबाइल । एकातिर पत्रिका । अर्कोतिर अफिसको हतारो ।

हेर्दै नै थिएँ मोबाइल, बैठक रूममा । पत्नी कोरीबाटी कपाल चुल्ठो बान्दै थिइन् । छोरी बेडरुममा मोबाइलमै ब्यस्त थिइ ।

‘हल्लियो, हल्लियो’ भन्दै छोरी बाहिर निस्की । पत्नी पनि निस्किइन् ! म पनि हातमा मोबाइल लिँदै बाहिर निस्किएँ । पोष्ट गर्न थालें, ‘हल्लियो है हल्लियो ।’

२०७२ को महाबिनास भूकम्प थाहा पाइनँ होला मैले । म आफैँलाई प्रतिप्रश्न गर्दै थिएँ। ‘यो पाँच रेक्टरको भूकम्पचाहिँ कसरी थाहा पाएँ हँ !

विराटनगर-६, ममता-मार्ग ।
मितिः २०७९/०४/१५

प्रकाशित समय: मङ्गलबार २३ पुस, २०८१, १७:०६:३१
राजनीतिक दललाई अनुदान दिने सरकारको घोषणा
शुक्रबार १५ जेठ, २०८३
नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने
शुक्रबार १५ जेठ, २०८३
नेपाललाई ‘ग्रे’ लिस्टबाट हटाउने घोषणा
शुक्रबार १५ जेठ, २०८३
तीन महिनाको लागि इन्धन भण्डारण गर्न मातृभूमि कोष स्थापना गर्ने
शुक्रबार १५ जेठ, २०८३
इरान युद्धको विरोधमा उत्रिए न्यूयोर्कका मेयर जोहरान ममदानी
शुक्रबार १५ जेठ, २०८३
उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता
शुक्रबार १५ जेठ, २०८३
बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार १५ जेठ, २०८३
अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै
शुक्रबार १५ जेठ, २०८३
सरकारले खुलायो राजदूत नियुक्तिका लागि आवेदन
शुक्रबार १५ जेठ, २०८३
गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै समृद्ध नेपाल सम्भव : सभापति थापा
शुक्रबार १५ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०