लघुकथा : माथ्लो दाँत

-ऋषि तिवारी
शुक्रबार १२ पुस, २०८१
१ वर्षअघि

रमुवा पनि उही हो । जसरी कलुवा रिक्सा ठेलामा तरकारी लिँदै टोल टोलमा तरकारी बेच्दै हिँड्ने ।

कलुवाभन्दा रमुवा अलिक गरिब थियो । कलुवा वर्षौंदेखि तरकारी बेच्दै आइरहेको थियो भने उसैको देखासिकीमा, अरूले पनि तरकारी बेचेर जीवनको आश लाग्दो सपनाहरू किन्न खोज्थे ।

कलुवाले देखेको सपना हामी छरछिमेकीले उसको तरकारी किनिदिँदा उसले सपना किन्न सफल भएको थियो । यसमा उसको मिहिनेत थियो ।

रमुवा, तरकारी बेचेको पैसाले साँझपख भट्टीमा प्याक लगाउँथ्यो । उसले देखेको सपनाहरू रक्सीको बोतलमा कैद हुने गर्थ्यो ।

शनिबारको दिन । म पनि घरै थिएँ । पत्नी भन्थिन्, ‘कलुवा तरकारी लिँदै आउँला । मौसम ठिक छैन, हाट-बजार गएर तरकारी किन्ने अवस्था छैन । मौसम अधिक चिसो भइसक्यो ।’

पत्नीको कुरो सुनेँ, ‘सही हो भन्न थालेँ ।’ फेरि सोचेँ, ‘खै कस्तो सही ?’

कलुवाभन्दा अघि रमुवा रिक्सा ठेला लिँदै आउँदै गरेको देखेँ । उनलाई भनेँ, ‘के- के तरकारी लिने भन है छिटो । बाहिर चिसो हावाको बहाव छ ।’

रमुवा आइपुग्यो । ‘ए ! रमुवा रुक-रुक ।’ मैंले आवाज दिएँ । ऊ रुक्यो । उसको मुख ठुस्स गन्हाएको थियो । उसले बिहान चिया पिउनुको सट्टा लोकल रक्सी पिएको रहेछ ।

उसले भन्यो, ‘के लिने ?’

ऊसंगै उसको पत्नी अनि छोरी पनि थिई । उनको पत्नीलाई भनेँ, ‘कन्या, ‘रमुवाके दारु पिएके लिये काहे छुट करैछिः ?’

अर्थात् ‘बुहारी, रमुवालाई रक्सी खान किन छुट दिएको ?’ उ केही बोलिन् ।

उसको छोरी, पाँच वर्षको छोरी, जामा मात्र लगाएकी थिई । मैले रमुवालाई भनेँ, ‘रमुवा जामा च्यातेर भुँडी देखिएको छ । यो चिसोमा बच्चाको ख्याल गर्नु पर्दैन् ?’

उसले पनि केही जवाफ दिएन । पत्नीलाई बोलाएँ, ‘पारु यहाँ आऊ त, हाम्रो छोरीहरूको त्यो छोटो भएको स्विटर रमुवाको छोरीलाई देऊ त, बिचरी लुगलुग काँपिरहेकी छे ।’

कता खोतल्न थालिन्, पत्नी । भेटिछिन् बाक्लै स्विटर । उनले लिएर आइन्, दिँदै भनिन्, ‘ए कलिया इ लगा ले ।’ अर्थात् ‘यो लगा ला ।’

माथ्लो फुस्केको दाँत ! कलिया खुसी हुँदै ‘ङिच्च गिजा देखाई ।’

विराटनगर-६, ममता-मार्ग ।

प्रकाशित समय: शुक्रबार १२ पुस, २०८१, ०६:००:३६
दुहबीको अरिहन्त अरिहन्त इन्फ्रास्ट्रक्चरविरुद्ध नगरपालिकामा उजुरी
मङ्गलबार २२ ब‌ैशाख, २०८३
पर्यटन मन्त्रालय अन्तर्गत विभिन्न निकायका ३० भन्दा बढी पदाधिकारी भए पदमुक्त
मङ्गलबार २२ ब‌ैशाख, २०८३
संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
मङ्गलबार २२ ब‌ैशाख, २०८३
जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
मङ्गलबार २२ ब‌ैशाख, २०८३
तोलाको ३८ सयले घट्यो सुन
मङ्गलबार २२ ब‌ैशाख, २०८३
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने तयारीमा राष्ट्रपति
मङ्गलबार २२ ब‌ैशाख, २०८३
भिडियो खिच्न रोकिएको भन्ने समाचार असत्य: प्रेस सल्लाहकार दाहाल
सोमबार २१ ब‌ैशाख, २०८३
व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न सर्वोच्चको आदेश
सोमबार २१ ब‌ैशाख, २०८३
डोजर अभियानको असर पोखरामा: सुकुम्वासी सडकमा, ‘विकल्प बिना हट्दैनौं’
सोमबार २१ ब‌ैशाख, २०८३
भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने यात्रा खुला गरेको विरोधमा काठमाडौंमा प्रदर्शन
सोमबार २१ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०