लघुकथा : ज्याकेट

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १९ फाल्गुण, २०८०
३ वर्षअघि

केशवराज आमोदी
‘आजको दुनियाँ धनमा केन्द्रित हुँदै गएको छ । जप तप र प्राप्ति धन नै भएको छ । धन पाए जस्तोसुकै जघन्य अपराध गर्ने भएको छ । त्यसैले धन मिल्छ भनेदेखि बाबु -आमा , दाजु-भाइ , दिदी-बहिनी र लोग्ने-स्वास्नीजस्ता मानवजीवनमा अप्राप्य नसनातालाई तिलाञ्जलि दिने भइसकेको छ ।’ भनेर प्रोफेसर द्रव्यलिप्सुले भन्न नपाउँदै प्रोफेसर सजलराज ‘सत्तामोही’ले थप्यो-
-‘धन देखेपछि महादेवका तिन नेत्र जल्छन् ‘ त्यसे भनिएको होइन नि प्यारे !’

धनबिनाको सहरको सफर र छाप्रोबिना जीवनको कहरको अनुभूतिले नै ‘छन गेडी सबै मेरी छैनन् गडी सबै टेढी ।’ भनिएको न हो , होइन दिलवर ?’

प्रोफेसर यज्ञराजले पुष्टि गर्दै भन्यो-

‘टका धर्म टका कर्म टकैव परमं सुखम् ।
यस्य गेहे टका नास्ति हाटके टक्टकायते ।’

पुन: अर्थ लाउँदै भन्यो- टका यानि कि ‘पैसा’ नै धर्म , पैसा नै कर्म , पैसा नै परम सुख हो र जोसँग पैसा हुन्न त्यो बजारमा पुग्दा पनि खल्ती टकटकाइरहन्छ,’ भनेर गफ चलिरहेको वेलामा बिहानीको जाडोमा थरथर कामिरहेको भिखारीलाई देखी प्रोफेसर दयारामले तुरुन्तभित्र गएर पाँच सय रुपैयाँ हातमा थमाउँदै पुरानो कोट उसलाई लगाइदियो । खुसीले छचल्किंदै यो पैसाले म राजधानी पुग्छु , हजुरको जय होस् भन्दै भिखारी अत्यन्त खुसी हुँदै त्यहाँबाट ओझेल भयो ।

•••

पन्ध्र दिनपछि प्रोफेसर दयारामलाई खोज्दै त्यही भिखारी आँगनमा उभियो । खल्तीबाट आज पनि रु. पाँचसय निकालेर दिन खोज्दै थियो । त्यसैवेला भिखारीले भन्यो हजुरले दिनुभएको कोटमा त यो साततोलाले बनेको लकेट रहेछ । म त्यही फिर्ता गर्न आएको हुँ । ल लिस्स्सिएयोस् भनेर अगाडि राखिदियो ।

‘कसरी थाहा भयो साततोलाको हो भनेर ?’

उसले भन्यो- ‘ नक्कली भए किन दुख बेसाउनु ? यतै फालिदिन्छु भनेर जचाउन जाँदा थाहा पाएको हुँ ।’
झल्यास्स उसले कोटको भित्री खल्तीको लकेट सम्झियो ।

आफूले बिर्सिएको माल घरमा फिर्ता ल्याइदिने भिखारीलाई एकसेट कपडासहित हिजो किनेर ल्याएको ज्याकेट लगाइदियो । ऊ मालिकको जय होस् ! कल्याण होस् भन्दै एकातिर अल्पियो ।

रत्ननगर नगरपालिका चितवन

प्रकाशित समय: शनिवार १९ फाल्गुण, २०८०, १०:३८:५९
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०