एसियन कप छनोटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ चैत, २०७८
४ वर्षअघि
बन्द प्रशिक्षण

नेपाली राष्ट्रिय फुटबल टोलीका २४ खेलाडीहरूलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बिहीबार एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलका लागि बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाएका हुन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एएफसी एसियन कप छनोट खेलको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको जनाएको छ ।

नेपाली टोलीको बन्द प्रशिक्षण अप्रिल १५ तारिखबाट हुने एन्फाले जनाएको छ ।

एएफसी एसियन कप छनोट खेलमा नेपाल समूह ‘ए’ मा छ ।

समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया छन् । नेपालका लागि यो समूह तुलनात्मक रुपमा निकै कठिन समूह हो ।

समूह चरणको खेल जुन ८ देखि १४ सम्म कुवेतमा आयोजना हुनेछ ।

छनोटमा सहभागी हुने २४ देशलाई ६ समूहमा विभाजन गरेको छ ।

प्रत्येक समूहको शीर्ष टोली र पाँच उत्कृष्ट दोस्रो टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछन् ।

यसअघि नेपाले एएफसी एसियन कप छनोटका लागि थाइल्यान्ड र त्यहाँको शीर्ष क्लब चोनबुरी एफसी मैत्रीपूर्ण खेल खेलेको थियो ।

चोनबुरीसँग नेपाल ३-१ गोलले पराजित भएको थियो भने थाइल्यान्डको राष्ट्रिय टोलीसँग २-० गोलले पराजित भएको थियो ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

किरण कुमार चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी र तेज तामाङ ।

यो पनि :

त्रिदेशीय टी–२० : नेपालले पीएनजीलाई दियो दुई सय चार रनको विजयी लक्ष्य

थाइल्यान्डमा मैत्रीपूर्ण फुटबल खेलेर स्वदेश फर्कियो नेपाली टोली

प्रकाशित समय: बिहिबार १७ चैत, २०७८, १५:४७:३८
राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश
शनिवार १९ ब‌ैशाख, २०८३
लालपुर्जाको दाबीपछि रोकिएको डोजर पुनः सञ्चालन, मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष
शनिवार १९ ब‌ैशाख, २०८३
नेकपाको मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन, संगठन विस्तार अभियान अघि बढाइने
शनिवार १९ ब‌ैशाख, २०८३
रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने
शनिवार १९ ब‌ैशाख, २०८३
‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव
शनिवार १९ ब‌ैशाख, २०८३
शैक्षिक पात्रो सुधार्न त्रिविमा धमाधम परीक्षा, साउनदेखि नियमित तालिका लागू हुने
शनिवार १९ ब‌ैशाख, २०८३
बालाजु–स्वयम्भू केन्द्रमा अतिक्रमित बस्ती हटाउने अभियान जारी
शनिवार १९ ब‌ैशाख, २०८३
अध्यादेशको तयारीबीच संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा
शनिवार १९ ब‌ैशाख, २०८३
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन
शनिवार १९ ब‌ैशाख, २०८३
पेस्तोल र १६ हजारभन्दा बढी ट्रामाडोलसहित चार जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०