विराटनगर। जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ घर भएका तथा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२, सुन्दरीजलमा बस्दै आएका ३० वर्षीय राज सुन्दर तामाङ रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तामाङ जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका बेला २०८२ भदौ २४ गते भएको घटनाका क्रममा नख्खु कारागारबाट फरार भएका थिए।
प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको टोलीले उनलाई २०८३ असोज ३१ गते बिहान ११ बजे सुन्दरीजलबाट पक्राउ गरेको हो।
पक्राउ परेका तामाङलाई थप कैद भुक्तानका लागि सोही दिन ललितपुरस्थित नख्खु कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।