थाइल्यान्डमा मैत्रीपूर्ण फुटबल खेलेर स्वदेश फर्कियो नेपाली टोली

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ चैत, २०७८
४ वर्षअघि
मैत्रीपूर्ण फुटबल

एएफसी एसियन कप छनोटको तयारी लागि थाइल्यान्ड गएर मैत्रीपूर्ण फुटबल खेलेको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली टोली सोमबार बेलुका स्वदेश फर्किएको जनाएको छ ।

थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली सोमबार स्वदेश फर्किएको हो । नेपाल दुवै खेलमा पराजित भएको थियो ।

पहिलो खेलमा थाइल्यान्डको राष्ट्रिय टोलीसँग नेपाल २–० ले पराजित भएको थियो । यस्तै, शीर्ष डिभिजनको टोली चोनबुरी एफसीसँग ३–१ ले पराजित भएको थियो ।

नेपालका लागि एक मात्रै गोल दर्शन गुरुङले गरेका थिए ।

नेपाल राष्ट्रिय टोलीले चीनमा सन् २०२३ मा आयोजना हुने एएफसी एसियन कपको तेस्रो चरणको छनोटको तयारीका लागि थाइल्यान्ड भ्रमण गरेको हो ।

छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ। यही समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया जस्ता बलिया टोली रहेका छन् ।

यो समूहका खेलहरू ८ जुनदेखि १४ जुनसम्म कुवेतमा हुने छ ।

नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्ने छ ।

यस्तै, नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्ने छ ।

थाइल्यान्ड भने समूह ‘सी’ मा छ । यो समूहमा उज्वेकिस्तान, माल्दिभ्स र श्रीलङ्का पनि छन् ।

प्रकाशित समय: सोमबार १४ चैत, २०७८, २१:३४:५०
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०