विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ को अवसरमा काठमाडौंस्थित मैतीदेवी मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन्।
राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठमा पुगेर पूजाअर्चना गर्नुका साथै टीकाप्रसाद ग्रहण गरेका हुन्।
यस क्रममा राष्ट्रपति पौडेलले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती मन्दिरको दर्शन गरी पूजाअर्चना गरेका थिए।