यी हुन् विश्वकपमा छनोट भएका २९ वटा देश, नेपाल कहाँबाट बाहिरियो ?

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ चैत, २०७८
४ वर्षअघि
विश्वकपमा छनोट

यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट हुने राष्ट्रको सङ्ख्या २९ पुगेको छ ।

बिहीबार बिहान उत्तर तथा मध्य अमेरिका महादेशबाट मेक्सिको र अमेरिका छनोट भएसँगै विश्वकपमा छनोट हुने देशहरूको सङ्ख्या २९ पुगेको हो ।

Advertisement

विश्वकप फुटबलको अमेरिकी छनोटतर्फ अन्तिम चरणको खेलमा कोस्टारिकासँग २–० गोलले पराजित भए पनि शीर्ष तीनभित्र पर्दै विश्वकपमा छनोट भयो ।

मेक्सिकोले दोस्रो स्थानमा रहेर कतार यात्रा तय गरेको हो ।

मेक्सिकोले भने अन्तिम चरणको खेलमा एल साल्भडरलाई २–० गोलले हरायो ।

सन् २०२२ को विश्वकप आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा हुँदै छ ।

जसमा विश्वभरिबाट सहभागी हुने ३२ टोलीमध्ये २९ वटा राष्ट्रको टुङ्गो लागेको छ ।

अब, तीन देशको छिनोफानो हुन बाँकी छ ।

विश्वकपमा युरोपटबाट १३, अफ्रिकाबाट पाँच, एसियाबाट चार र (प्लेअफबाट एक प्लस), कोन्काफबाट तीन (प्लेअफबाट एक प्लस), ओसियानाबाट (प्लेअफबाट एक प्लस ) र कन्मेवलबाट चार (प्लेअफबाट एक प्लस) छनोट हुने प्रावधान छ ।

विश्वकपको इतिहासमै पहिलोपटक विश्वकपका खेलहरू जाडो महिनामा आयोजना हुँदै छ ।

अघिल्लो पटक सन् २०१८ मा रसियामा भएको विश्वकप गर्मीयाम (१४ जुनदेखि १५ जुलाई) मा आयोजना भएको थियो ।

​​​​​​​कुन महादेशबाट कुन राष्ट्र छानिए ?

युरोप

युरोपबाट विश्वकपका लागि अहिलेसम्म १२ राष्ट्र छानिएका छन् ।

अब युरोपबाट विश्वकपमा छनोट हुने एक टिमको टुङ्गो लाग्न बाँकी छ ।

जुनमा हुने स्कटल्यान्ड र युक्रेनबीच खेलको हुने छ । यो खेलको विजेताले वेल्ससँग भिड्ने छ ।

त्यसको विजेता टिम विश्वकपमा छानिने छ ।

युरोपबाट साविक विजेता फ्रान्स अपराजित रहँदै समूह ‘डी’ विजेताका रूपमा विश्वकपमा छनोट भयो ।

त्यसअघि नै जर्मनी विश्वकपमा छनोट भइसकेको थियो ।

चार पटकको विजेता जर्मनी विश्वकप २०२२ का लागि सबैभन्दा सुरुमा छनोट भएको राष्ट्र हो ।

ऊ समूह ‘जे’ को विजेताको रूपमा ११ अक्टोबरमा छनोट भएको थियो ।

यसपछि डेनमार्क, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इङ्ग्ल्यान्ड, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट भएका हुन् ।

दक्षिण अमेरिका

दक्षिण अमेरिकन राष्ट्रतर्फ सर्वाधिक धेरै पटकको विजेता टिम ब्राजिल सबैभन्दा सुरुमा विश्वकपमा छनोट भएको हो ।

पाँच पटकको विश्वविजेता ब्राजिल लगातार २२औँ पटक विश्वकपमा छनोट भएको हो ।

राउन्ड रोबिनका आधारमा भएको दक्षिण अमेरिकन छनोटतर्फ अपराजित रहँदै शीर्ष स्थानमा रहन सफल ब्राजिल ११ नोभेम्बरमा छनोट भएको हो ।

यस्तै, अर्जेन्टिना छनोटको दोस्रो स्थानमा रहँदै विश्वकपमा छनोट हुँदा उरुग्वे तेस्रो र इक्वाडर चौथो स्थानमा रहँदै छनोट भएको हो ।

दक्षिण अमेरिकाबाट छनोटमा शीर्ष चारमा रहने टोलीले विश्वकपमा सीधै छनोट हुने प्रावधान छ ।

पाँचौँ हुने टोलीले प्ले अफ खेल्नुपर्ने छ ।

यसैले दक्षिण अमेरिकी छनोटमा पाँचौँ स्थानमा रहेको पेरुले अन्तरमहादेशीय प्लेअफ खेल्ने भएको छ ।

पेरुले अन्तरमहादेशीय प्लेअफमा एसियन प्लेअफको विजेतासँग विश्वकपमा पुग्न प्रतिस्पर्धा गर्ने छ ।

उत्तर तथा मध्य अमेरिका (कन्काफ)

कन्काफ क्षेत्रको छनोटअन्तर्गत शीर्ष तीन टोली सीधै विश्वकपमा छानिनेछन् ।

जसअन्तर्गत क्यानडा जमैकालाई हराएर ३६ वर्षपछि विश्वकपमा छानिएको छ ।

यस्तै, दोस्रो स्थानमा रहँदै मेक्सिको र अमेरिका छनोट भइसकेका छन् ।

कोस्टारिकाले भने अन्तरमहादेशीय प्ले अफमा ओसियाना क्षेत्रको विजेता टिम न्युजिल्यान्डसँग फाइनलमा प्रतिस्पर्धा गर्नुपर्ने छ ।

यो खेलको विजेता टिमले कतार विश्वकपमा स्थान बनाउने छ ।

अफ्रिका

अफ्रिकाबाट विश्वकप खेल्ने पाँचै टोलीको छिनोफानो भइसकेको छ ।

घाना, सेनेगल, ट्युनिसया, मोरोक्को र क्यामरुन गरी पाँच टिमले कतार यात्रा तय गरेका हुन् ।

एसिया

एसियाबाट पाँच टोलीले सीधा र एक टोलीले अन्तरमहादेशीय प्लेअफ जितेर विश्वकपमा आफ्नो स्थान तय गर्छन् ।

एसियाकै कतारले आयोजकका रूपमा विश्वकपमा स्थान बनाइसकेको छ ।

त्यसबाहेक इरान, दक्षिण कोरिया, साउदी अरेबिया र जापानले विश्वकपमा स्थान तय गरिसकेका छन् ।

एसियाबाट छनोटको दोस्रो चरणको खेलमा नेपालले पनि प्रतिस्पर्धा गरेको थियो ।

तर अधिकांश खेलमा पराजित भएसँगै नेपाल तेस्रो चरणमा पुग्न असफल भयो ।

दोस्रो चरणको शीर्ष स्थानमा रहेका टोलीले तेस्रो चरणको खेल खेले ।

तेस्रो चरणबाट दुवै समूहको शीर्ष दुई टोली सीधा छानिए भने तेस्रो हुने टोलीबीच प्लेअफ फाइनल खेल खेलाइयो ।

त्यसमध्ये समूह ‘बी’को अस्ट्रेलियाले तेस्रो स्थानमा रहेर प्ले अफ फाइनलमा स्थान सुरक्षित गरिसकेको भने समूह ‘ए’ बाट युएई फाइनलमा पुगेको छ ।

अब, जुन ७ मा युएई र अस्ट्रेलियाले खेल्ने छन् ।

यो खेलको विजयी टोलीले विश्वकपमा स्थान बनाउनका लागि अन्तरमहादेशीय प्लेअफमा दक्षिण अमेरिकी राष्ट्र पेरुसँग १३ वा १४ जुनमा खेल्ने छ ।

ओसियाना

ओसियाना क्षेत्रबाट कुनै पनि टोलीले सीधै विश्वकपमा छनोट हुन पाउँदैनन् ।

तर अन्तरमहादेशीय प्लेअफबाट उनीहरूलाई अवसर हुनेछ ।

ओसियाना छनोटको फाइनलमा सोलोमोन आइल्यान्डमाथि ५-० गोलको फराकिलो जित निकाल्दै न्युजिल्यान्ड विजयी भएको छ ।

अब, उसले कन्काफ क्षेत्रको छनोटमा चौथो हुने टोली कोस्टारिकासँग अन्तरमहादेशीय प्ले अफ खेल खेल्ने छ ।

यो खेलको विजेता टोलीले कतार विश्वकपमा स्थान बनाउने छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा

सोमबार २२ असार, २०८३
३ दिनअघि

आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

आईतबार २१ असार, २०८३
४ दिनअघि

इजरायली प्रधानमन्त्री नेतन्याहु अमेरिका भ्रमणमा जाने

आईतबार २१ असार, २०८३
४ दिनअघि

विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन टिमको प्रतिस्पर्धा को सँग ?

शनिवार २० असार, २०८३
५ दिनअघि

रोनाल्डो र रामोसको गोलमा पोर्चुगल अन्तिम १६ मा, अब स्पेनसँग भिड्ने

शुक्रबार १९ असार, २०८३
६ दिनअघि

एम्बाप्पेको कीर्तिमानी दुई गोलमा फ्रान्सको जित, प्रि–क्वार्टरफाइनलमा पाराग्वेसँग भिड्ने

बुधबार १७ असार, २०८३
१ हप्ताअघि
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
सांसद् थपलियाले भनिन्, सुकुम्बासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो
बुधबार २४ असार, २०८३
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धानको माग
बुधबार २४ असार, २०८३
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना बिचौलिया पक्राउ
बुधबार २४ असार, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
बुधबार २४ असार, २०८३
उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
बुधबार २४ असार, २०८३
सुनवर्षीका प्रमुख प्रशासकीय अधिकृत हिमालय बरालको नजरमा संघीय सरकारको सय दिन
बुधबार २४ असार, २०८३
‘गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित राखिने छैन’
मङ्गलबार २३ असार, २०८३
युएई सरकारले दियो १११ नेपाली नागरिकलाई आममाफी
मङ्गलबार २३ असार, २०८३
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने : गौरी कुमारी
मङ्गलबार २३ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०