क्यान्सरको कारण बन्न सक्छ साधारण देखिने मुसा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ९ चैत, २०७८
४ वर्षअघि
मुसा

शरीरको भागमा पलाएको मासुको डल्लोलाई मुसा अर्थात् विज्ञानको भाषामा वार्टस भनिन्छ ।

शरीरमा आएको कालो, खैरो, सेतो तथा रातो देखिने मुसाले सौन्दर्यमा नै नराम्रो प्रभाव परिरहेको हुन्छ ।

छालाको रङ्गजस्तै वा कोठीजस्तै देखिने हुँदा मानिसले वार्टसको बारेमा खासै ध्यान दिने गर्दैनन् ।

ह्युमन पेपिलोमा नामक भाइरसले गर्दा हुने वार्टस एक किसिमको छालाको रोग हो ।

छालामा पेपिलोमा भाइरसको कारण सासाना, खस्रो, कडा खालको नदुख्ने दानाहरू पलाउने गर्छ ।

मुसा शरीरको एक ठाउँबाट अर्को ठाउँमा सर्दै शरीरभरि फैलिन सक्छ । केही प्रकारका मुसा शारीरिक सम्पर्कको माध्यमले पनि फैलिन सक्छ ।

वार्टस ६ महिनादेखि १ वर्ष दिनभित्र आफैँ हराएर जान सक्छ । त्यसको लागि कुनै विषेश उपचार गरिहाल्नु भने पर्दैन ।

तर, मुसालाई ब्लेड, चक्कु वा कैचीले काट्नु हुँदैन ।

मुसालाई डाम्ने, काट्ने वा फुटाउने गर्दा मुसाको भाइरस शरीरको अन्य भागमा परेर छालामा नकारात्मक असर गर्नुका साथै शरीरमा अझ बढी मात्रामा मुसा पलाएर आउँछ ।

साधारण देखिने वार्टस कहिले काही क्यान्सरको कारण पनि बन्न सक्छ ।

यदि कुनै व्यक्तिमा ३० बर्षको उमेरपछि मुसा पलाएमा, चिलाउने वा रगत आएमा क्यान्सरका हुने खतरा बढी रहन्छ ।

यस्तो स्थितिमा मुसालाई डाक्टरको परीक्षणपछि विभिन्न प्रकारको मेडिकल ट्रिटमेन्ट गरी हटाउनु पर्छ ।

शरीरका विभिन्न भागमा रहेका मुसाको उपचार भौतिक रूपले नष्ट गर्ने, करेन्टले डामेर वा लेजर जस्ता विभिन्न प्रकारको विधिबाट गरिन्छ ।

प्रकाशित समय: बुधबार ९ चैत, २०७८, १७:५९:५१
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०