होशियार ! रेटिनोपेथी रोगले निम्त्याउन सक्छ अन्धोपना

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ८ चैत, २०७८
५ वर्षअघि
रेटिनोपेथी रोग

डायबजेटिज अर्थात् मधुमेह कारण आँखामा ‘रेटिनोपेथी’ रोग लाग्न सक्छ ।

‘रेटिनोपेथी’ डायबेटिज रोग लागेका मानिसहरूको आँखामा लाग्ने रोग हो ।

विशेषज्ञ चिकित्सकहरूका अनुसार डायबेटिज एउटा निको नहुने तर नियन्त्रण गर्न सकिने रोग हो ।

डायबिटिजले जसरी शरीरका सबैखाले अंगहरू फोक्सो, किड्नी, खुट्टा, मांशपेशी, हात, घाँटीमा आक्रमण गरेर निस्क्रिय तुल्याइदिन्छ त्यसैगरी आँखामा पनि आक्रमण गरेर ‘रेटिनोपेथी’ रोग लगाउँछ ।

जसरी डायबेटिज भएको बिरामीका अन्य अंगहरू आक्रमण गरेर निस्क्रिय बनाउन जोखिम उच्च हुन्छ, त्यसैगरी आँखामा पनि आक्रमण गर्न सक्छ ।

नेत्र चिकित्सकहरूका अनुसार डायबिटिजका रोगीहरूमा सबैभन्दा धेरै रिक्स आँखामा ‘रेटिनोपेथी’ रोग फैलने हुन्छ ।

यो रोग लागेमा आँखामा नराम्रो असर गर्छ ।

समयमै उपचार भएन भने मानिस अन्धो पनि हुनसक्छ ।

नेत्र चिकित्सक डा ज्ञानेन्द्र लामिछानेका अनुसार यदि डायबेटिजको रोग लागेको भने शरीरका अन्य अंगहरू खुट्टा, किड्नी, लिभर आदिको परीक्षण गराउनुसँगै आँखाको पनि तत्काल परीक्षण गराइहाल्नु पर्छ ।

आँखा त ठीकै छ नी भनेर बेवास्ता गरेर बसेमा रेटिनोपेथी रोग बढ्दै जान्छ र आँखालाई निस्क्रिय तुल्याइदिन्छ ।

डा लामिछानेका अनुसार रेटिनोपेथी रोग लागेमा बारम्बार आँखामा आनो आउने, आँखामा रगत देखिने, आँखाको ज्योति धमिलो हुने, आँखामा कालो धब्बा देखापर्ने र मोतियाविन्दु चाँडै हुने जस्ता लक्षण देखा पर्छन् ।

रेटिनोपेथी रोग व्लडप्रेसर भएका, धुम्रपान र मद्यपान गर्ने, मृगौलाका रोगीहरूमा पनि लाग्नसक्छ ।

रेटिनोपेथी भनेकै आँखाको पर्दा अर्थात् रेटिनामा लाग्ने रोग हो । यो रोग लाग्दा आँखामा साना साना रगतका नसाहरू फैलन्छन् भने आँखाको ज्योति पनि कम हुँदै जान्छ । रेटिनामा फैलिएका रगतका नसाहरू कमजोर हुन्छन् ।

यसैले रोग बढ्दै गएपछि आँखाभित्र फैलिएका रगतका नसाहरू फुटेर रगत आँखाको पर्दा (रेटिना) मा फैलन्छ र आँखाको रेटिनालाई पूरै ढाकेर अन्धो बनाउँछ ।

विशेषज्ञहरूका अनुसार सन २०३० सम्म विश्वमा १ अर्ब बढी मानिसमा रेटिनोपेथी रोग लाग्ने आशंका छ ।

एक सर्वेक्षणका अनुसार ३ वर्षदेखिका डायबेटिजका रोगीमा ८ प्रतिशत, ५ वर्षदेखिका रोगीमा २५ र १० वर्षदेखिका रोगीमा ७५ प्रतिशतलाई आँखामा रेटिनोपेथी रोग लाग्ने उच्च सम्भावना हुन्छ ।

यो रोग बच्चादेखि बुढा सबै उमेर समूहका डायबेटिज भएका मानिसहरूलाई लाग्न सक्छ ।

नेत्र चिकित्सक डा ज्ञानेन्द्र लामिछानेका अनुसार विराटनगर स्थित डा. रामलाला गोल्छा आँखा अस्पतालमा आउने आँखाका बिरामीमध्ये ५ देखि १० प्रतिशत बिरामीहरू रेटिनोपेथी का हुनेगरेका छन् ।

यसैले रेटिनोपेथी रोगबाट बच्न सबैभन्दा पहिले त डायबेटिज अर्थात् मधुमेह रोग लाग्न नै दिनुहुँदैन ।

लागिहालेमा डायबेटिजका बिरामीले रोग नियन्त्रण गर्न शरीरमा चिनीको मात्रा कम गर्ने उपाय डाक्टरको सल्लाहअनुसार भरपुर अवलम्बन गर्नुपर्छ ।

यो रोग डायबेटिज जस्तै निर्मुल नहुने तर नियन्त्रण गर्न मात्र सकिने भएकोले खानपान, शारीरिक व्यायामदेखि नियमित परीक्षण र औषधि सेवनमा ख्याल पुर्‍याउनु नै नियन्त्रण गर्ने उपाय हो ।

किनभने जति शरीरमा डायबेटिजको मात्रा बढ्दै जान्छ उति नै यो रोगले पनि आक्रमण गर्दै लान्छ ।

रेटिनोपेथीका दीर्घरोगीहरूलाई चिकित्सकहरूको सल्लाहमा विशेष प्रकारको उपकरणयुक्त सामग्रीहरू उपलब्ध गराएर दैनिक कामकाज चलाउन सहयोग पुर्‍याउने गरिएको छ ।

तर यो निक्कै महँगो हुन्छ ।

प्रकाशित समय: मङ्गलबार ८ चैत, २०७८, १२:३२:१९

सम्बन्धित खबर

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
७ दिनअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
४ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०