नेपालमै पहिलो पटक शल्यक्रियाबिना नै मुटुको भल्बकाे सफल प्रत्यारोपण

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २० फाल्गुण, २०७८
५ वर्षअघि
नेपालमै पहिलो

नेपालमै पहिलो पटक शल्यक्रिया बिना नै मुटुको भल्बकाे सफल प्रत्यारोपण भएको छ ।

सहिद गंगालाल हृद्धय रोग केन्द्रमा नेपालमै पहिलो पटक शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको छ ।

Advertisement

शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीका अनुसार उक्त प्रत्यारोपण ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभीआई)’ विधिको प्रयोग गरेर गरिएको हो ।

८० वर्षीया महिलाको १६ फागुनमा सफलतापूर्वक भल्ब फेरिएको र उनको आजनै डिस्चार्ज गरेको डा अधिकारीले जानकारी दिए ।

बिरामी निको भएर आज मात्रै डिस्चार्ज भएको उनको भनाइ छ ।

डा अधिकारीका अनुसार उहाँ एओर्टिक भल्व साँघुरिएर अस्पतालमा पुगेकी थिइन् ।

एओर्टिक भल्व साँघुरिएको कस्तो रोग हो ?

मुटुबाट निस्कने मुख्य धमनिमा रहेको एओर्टिक भल्व साँघुरिने रोगलाई एओर्टिक स्टेनोसिस भनिन्छ ।

यो रोगले गर्दा खासगरी स्वाँस्वाँ हुने छाति दुख्ने र बेहोस हुनेजस्ता गम्भीर लक्षणहरू देखिन्छन् ।

यस्ता लक्षणहरू देखिएका बिरामीहरुको दुई वर्षभित्र मुत्यु हुने सम्भावना ५० प्रतिशतले हुने विभिन्न अध्यानहरूले देखाएका छ ।

विशेषगरी वृद्धवृद्धामा यस रोगका साथसाथै अन्य प्रकारका जटिल रोगहरु र शारीरिक दुर्वलतासमेत हुने भएकोले छाती चिरेर शल्यक्रिया गर्दा बढि जोखिम हुने गर्छ ।

यस्ता बिरामीहरुको जोखिम न्युकरण गर्नको निमित टिएभीको विकास भएको हो ।

यो रोगको प्रचलित उपचार भनेको शल्यक्रियामार्फत छाती तथा मुटु चिरेर भाल्व प्रात्यारोपण गरिन्छ ।

टिएभीआइ भनेको के हो ?

चिकित्सकका अनुसार टिएभीआई उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथरेटरद्वारा मानव निर्मित भल्ब मुटुभित्र छिराएर रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिन्छ ।

डा.अधिकारीका अनुसार प्रत्यारोपण गरिएको भल्बले तुरुन्तै काम गर्ने हुँदा बिरामीलाई चाडै नै आराम महसुस हुन्छ ।

सन् २००२ मा यो पद्धति मात्रै पहिलो पटक फ्रान्समा उपचार गरिएको थियो ।

अन्य विकसित देशहरुमा पनि यो पद्धतिबाट उपचार हुँदै आएको छ । तर, नेपालमा भने यो पद्धतिबाट पहिलो पटक उपचार भएको हो ।

यी समाचार छुटे कि :

सपना देख्दा मानिसहरू कराउने, रुने कारण यस्तो

जनगणनामा समलिङ्गी गणकको अनुभव : प्रश्न गर्दा प्रतिप्रश्नमा ‘जेन्डर’ र बिहेबारे सोधेर हैरानी !

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव

सोमबार २६ असोज, २०८३
२ घण्टाअघि

दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ

आईतबार २५ असोज, २०८३
२२ घण्टाअघि

निर्वाचन अनियमितताविरुद्धको प्रदर्शनमा पक्राउ परेकालाई बिनासर्त रिहा गर्न राष्ट्रसंघको माग

आईतबार २५ असोज, २०८३
१ दिनअघि

अमेरिकामा दुई सामूहिक गोलीकाण्ड, बालबालिका र गर्भवती महिलासहित १४ जनाको मृत्यु

आईतबार २५ असोज, २०८३
१ दिनअघि

इरान युद्ध अन्त्य गर्ने सर्तबारे पुटिनले ट्रम्पलाई गराए जानकारी

शनिवार २४ असोज, २०८३
२ दिनअघि

नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग

बिहिबार २२ असोज, २०८३
४ दिनअघि
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
भसभसे पहिरोले बागलुङ–बेनी सडक अस्तव्यस्त, घण्टौँ जाममा यात्रु
सोमबार २६ असोज, २०८३
ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव
सोमबार २६ असोज, २०८३
चार प्रस्तावित राजदूतको नियुक्तिअघि संसदीय समितिमा सुनुवाइ हुँदै
सोमबार २६ असोज, २०८३
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक
आईतबार २५ असोज, २०८३
क्यानडाविरुद्ध रोहित पौडेलको शतक
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०