नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ असोज, २०८३
१ घण्टाअघि

विराटनगर- परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल–अस्ट्रेलिया सम्बन्ध, विपद् सहयोग, जलवायु परिवर्तन, शिक्षा, व्यापार तथा लगानीलगायत विषयमा छलफल भएको छ।मेलबर्नमा बिहीबार भएको भेटवार्तामा दुवै पक्षले नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा पारस्परिक हितका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने विषयमा जोड दिएका थिए।

मन्त्री खनालको सचिवालयका अनुसार भेटमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा साझा हितका विषयमा सहकार्यलाई नयाँ क्षेत्रमा विस्तार गर्ने सम्भावनाबारे छलफल भएको थियो।

Advertisement

भेटवार्ताका क्रममा अस्ट्रेलियाकी विदेशमन्त्री वङले नेपालमा हालै आएको बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति दुःख व्यक्त गर्दै विपद्पछिको उद्धार, प्रारम्भिक पुनर्लाभ र पुनर्निर्माणका काममा अस्ट्रेलिया नेपालसँगै रहेको बताइन्।

वङले बाढी तथा अन्य विपद्बाट प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरिन्। यसअघि अस्ट्रेलियाले आपत्कालीन प्रतिकार्यका लागि घोषणा गरेको ११ मिलियन अस्ट्रेलियन डलर सहयोगमा यो रकम थप हुने जनाइएको छ। नयाँ सहयोग राहत तथा प्रारम्भिक पुनर्लाभका काममा केन्द्रित हुने बताइएको छ।

मन्त्री खनालले विपद्का समयमा अस्ट्रेलिया सरकार तथा अस्ट्रेलियाली जनताबाट प्राप्त मानवीय सहयोगप्रति आभार व्यक्त गरे। संकटका समयमा प्राप्त सहयोगले नेपाल र अस्ट्रेलियाबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाएको उनले बताए।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग
बिहिबार २२ असोज, २०८३
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०