विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित गुरुराज घिमिरेले हार–जितलाई लोकतन्त्रको स्वाभाविक प्रक्रिया बताएका छन्।
१ हजार ५१३ मत प्राप्त गरेका घिमिरेले आफूलाई मत दिने महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गर्दै परिणामबाट विचलित नभई राजनीतिक यात्रा अघि बढाउने बताएका छन्।
उनले यो अन्त्य नभई नयाँ सुरुवात भएको उल्लेख गर्दै निष्ठा, इमानदारी र पार्टी रूपान्तरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।
घिमिरेले कांग्रेसलाई थप गतिशील, लोकतान्त्रिक र जनउत्तरदायी बनाउन निरन्तर क्रियाशील रहने बताएका छन्।