ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २६ असोज, २०८३
३ हप्ताअघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केटी जकारियालाई ह्वाइट हाउसको नयाँ प्रेस सचिव नियुक्त गरेका छन्। उनले यसअघि उक्त जिम्मेवारी सम्हालेकी क्यारोलिन लेभिटको स्थान लिनेछिन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत जकारियाको नियुक्ति घोषणा गरेका हुन्। उनले जकारियालाई सुरुदेखि नै आफ्नो साथ दिँदै आएकी विश्वासपात्र समर्थकका रूपमा प्रशंसा गरेका छन्। जकारियाले पनि नयाँ जिम्मेवारी पाउनु आफ्नो लागि ठूलो सम्मान भएको प्रतिक्रिया दिएकी छन्।

Advertisement

ट्रम्पका अनुसार जकारियाले स्थानीय समयअनुसार मंगलबार बिहान साढे ९ बजे ह्वाइट हाउसमा पहिलो पत्रकार सम्मेलन गर्नेछिन्।

जकारियासँग अमेरिकी गृह सुरक्षा विभागको प्रवक्ताका रूपमा काम गरेको अनुभव छ। उनी ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपकी वरिष्ठ सञ्चार सल्लाहकारसमेत रहिसकेकी छन्। साथै, फक्स न्युज र न्युजम्याक्समा राजनीतिक टिप्पणीकारका रूपमा पनि काम गरेकी छन्।

उनको अनुभव अमेरिकामा मात्रै सीमित छैन। साउथ चाइना मर्निङ पोस्टका अनुसार उनले चीनको राजधानी बेइजिङमा करिब दुई वर्ष बिताएकी थिइन्। त्यहाँ उनले चिनियाँ कानुनी फर्म झोङ लुनमा अन्तर्राष्ट्रिय कानुनसम्बन्धी काम गर्नुका साथै चिनियाँ भाषा अध्ययन गरेकी थिइन्। उनले गैरनाफामूलक संस्था र विश्व बैंक समूहसँग सम्बन्धित परामर्श कार्यमा पनि अनुभव हासिल गरेकी छन्।

विज्ञहरूका अनुसार चीनमा काम गरेको अनुभवले जकारियालाई चिनियाँ समाज र व्यवसाय बुझ्न सहयोग गर्न सक्छ। यद्यपि, चिनियाँ भाषाका केही आधारभूत वाक्य बोल्न जान्दैमा चीनको राजनीति र नीतिबारे गहिरो ज्ञान भएको पुष्टि नहुने उनीहरूको भनाइ छ।

नयाँ प्रेस सचिवका रूपमा जकारियाको मुख्य जिम्मेवारी राष्ट्रपति ट्रम्प र उनको प्रशासनका धारणा सञ्चारमाध्यमसमक्ष प्रस्तुत गर्नु हुनेछ। चीनमा काम गरेको उनको अनुभवले प्रशासनको सञ्चार रणनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुनेछ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा

आईतबार १६ कार्तिक, २०८३
३ घण्टाअघि

इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा

आईतबार १६ कार्तिक, २०८३
३ घण्टाअघि

क्रिप्टो चोरीबारे मस्कको व्यंग्यपछि झाओको असन्तुष्टि, ‘मजाक गर्ने समय होइन’

शनिवार १५ कार्तिक, २०८३
१ दिनअघि

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
२ हप्ताअघि

भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

शुक्रबार ३० असोज, २०८३
२ हप्ताअघि

ट्रम्पको रुससँगको इन्धन सम्झौताले जेलेन्स्की असन्तुष्ट, अमेरिकी सहयोगप्रति युक्रेनको चिन्ता

बिहिबार २९ असोज, २०८३
२ हप्ताअघि
नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु
आईतबार १६ कार्तिक, २०८३
अर्नब चक्रवातको प्रभाव हट्दै, अब मौसम घमाइलो हुने
आईतबार १६ कार्तिक, २०८३
सामान्य प्रशासन मन्त्री रावल झापा जाँदै
आईतबार १६ कार्तिक, २०८३
देशमा अस्थिरता थेग्ने अवस्था नरहेको बाबुराम भट्टराईको टिप्पणी
आईतबार १६ कार्तिक, २०८३
उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा
आईतबार १६ कार्तिक, २०८३
इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा
आईतबार १६ कार्तिक, २०८३
रोशीको बाढीले बीपी राजमार्गमा ठूलो क्षति, सञ्चालनमा आउन अझै समय लाग्ने
आईतबार १६ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०