एनएसएलको अक्सन स्थगित

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १९ फाल्गुण, २०७८
५ वर्षअघि

नेपाल सुपर लिग (एनएसएल) को खेलाडी किनबेच (अक्सन) स्थगित भएको छ ।

एनएसएलको अक्सन शुक्रबार (भोलि) हुने तय भएको थियो ।

Advertisement

तर, केही समस्याका कारण सो अक्सन स्थगित भएको बताइएको छ ।

यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले  आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टलाई एनएसएलको अक्सन रोक्न आग्रह गरेको थियो ।

एन्फाले बिहीबार आयोजकलाई पत्र पठाउँदै अक्सन रोक्न आग्रह गरेको हो ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले अक्सन रोक्न आग्रह गरिएको बताए ।

पछिल्लो समय खेलाडी अनुबन्धको विषयमा सहिद स्मारक ‘ए’ डिभिजन लिगका क्लबहरू आसन्न एनएसएलको विरोधमा उत्रिएका छन् ।

आफ्ना खेलाडी अनुबन्धनको विषयमा उनीहरूले विज्ञप्ति जारी गर्दै उनीहरूले विरोध जनाएका हुन् ।

‘ए’ डिभिजन लिगको समाप्तिपछि मोफसलमा पनि प्रतियोगिता बाँकी रहकाले क्लबको स्वीकृतिबिना अन्य प्रतियोगितामा क्लबमा करार नगर्न भन्दै उनीहरूले एनएसएलको विरोध गरेका हुन् ।

लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसहित आठ क्लबले बुधबार प्रेस विज्ञप्ति निकाल्दै क्लबको अनुमति बिना क्लबमा कानुनी रुपमा आबद्द खेलाडीको अक्सन गर्न लागेको भन्दै ध्यानाकर्षण भएको जनाएको थियो ।

विरोध जनाउने अन्य क्लबमा न्युरोट टिम एनआरटी, मनाङ मर्स्याङ्दी,सातदोबाटो युथ क्लब, थ्री स्टार क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब रहेका छन् ।

महसचिव तुलाधरले एनएसएल र ए क्लबको विवाद देखिनुमा एन्फाको कमजोरी भएको समेत स्वीकार गरे ।

एनएसएलका लागि केही क्लबले आफ्ना मार्की खेलाडी अनुबन्धन गरिरहेका छन् ।

पहिलोपटक एनएसएलमा सहभागिता जनाउन लागेको झापाले आइतबारमात्र मनाङ मर्स्याङ्दी क्लबका कप्तान अन्जन विष्टलाई मार्की खेलाडीका रूपमा भित्र्याएको थियो ।

यस्तै, बिहीबार मात्र विराटनगर सिटी एफसीले मार्की खेलाडीमा रन्जित धिमाललाई निरन्तरता दिएको छ ।

रन्जित पहिलो सिजनमा समेत मार्की खेलाडी रहेका थिए ।

चैत २६ देखि जेठ ७ गतेसम्म सञ्चालन हुने फ्रेन्चाईज फुटबल लिग एनएसएल हुँदै छ ।

एन्फाको प्राविधिक सहयोगमा हुने एनएसएलमा यसपाली १० टोली सहभागी हुने तयारीमा छन् ।

गत संस्करणमा सात टोलीको मात्रै सहभागिता थियो ।

प्रतियोगिताका खेलहरू पोखरा र काठमाडौँमा खेलाइने पनि बताइएको छ ।

यो पनि:

अरुणा र विराज सर्वोत्कृष्ट खेलाडी घोषित

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०