अरुणा र विराज सर्वोत्कृष्ट खेलाडी घोषित

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १७ फाल्गुण, २०७८
५ वर्षअघि
अरुणा र विराज

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) ले राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनलाई एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी अवार्ड प्रदान गरेको छ ।

मङ्गलबार गोदावरीमा आयोजना गरको १६औँ एनएनआइपिए स्पोर्ट्स अवार्डमा अरुणा र विराज सर्वोत्कृष्ट खेलाडी चुनिए ।  अवार्डसहित दुवैले जनही एक लाख रुपैयाँ पुरस्कार पाए ।

विभिन्न २७ खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गरको छ ।

सम्मानित हुनेमा आर्चरीका ज्ञानु अवाले, एथलेटिक्सका किरण सिंह बोगटी, ब्याडमिन्टन प्रिन्स दाहाल, बास्केटबलकी सदिना श्रेष्ठ, बक्सिङकी सुष्मा तामाङ, साइक्लिङका राजेश मगर, फेन्सिङकी अनिता कार्की र गल्फकी कस्मिरा शाह रहेका छन् ।

त्यसैगरी, ह्यान्डबलका विशाल बस्नेत, हक्कीकी अञ्जना चन्द, जिम्न्यास्टिकका रोहन बुढाथोकी, कराँतेका विप्लव श्रेष्ठ, र्याफ्टीङ एन्ड क्यानोनिङका सुमन तामाङ, जुडोकी सुमित्रा राई, स्किका सफल राम श्रेष्ठ र पौडीका अनुभव सुब्बाले उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गरे ।

सुटिङकी कृष्णा थापा, कब्बडीका नागेश्वर थारु, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, तेक्वान्दोकी पार्वती गुरुङ, ट्रायथ्लनका हिमाल टमटा, लन टेनिसकी अभिलाषा विष्ट, फुटबलका बिराज महर्जन, भलिबलकी अरुणा शाही, वेटलिफ्टिङकी कमला श्रेष्ठ, उसुकी निमा घर्तीमगर र रेस्लिङका सुरेश चुनारा उत्कृष्ट भए ।

सबै खेलाडीले नगद १० हजार प्राप्त गरे ।

पारा एथलेटिक्सकी पलेसा गोवर्द्धनले उत्कृष्ट पारा खेलाडी सम्मानसहित १० हजार प्राप्त गरिन् ।

यस्तै, संघले खेलपत्रकार हिमेशरत्न बज्राचार्यलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

बज्राचार्यलाई कदरपत्र सहित २५ हजार रुपियाँबाट सम्मान गरिएको हो ।

यसैगरी संघले एथलेटिक्सका पूर्व प्रशिक्षक ओलम्पियन पुष्पराज ओझालाई गजराज आदर्श खेल व्यक्तित्वबाट सम्मानित गरेको छ ।

पुष्पराजलाई अवार्ड सहित ३५ हजार रुपियाँ प्रदान गरियो ।

तेक्वान्दोकी पार्वती गुरुङ र ट्राइथोलनका हिमाल टमाटा एनएआइपिए प्रतिभाशाली खेलाडी घोषित भए ।

दुवैलाई अवार्ड सहित जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।

ब्याडमिन्टनको जुनियरतर्फका नम्बर एक खेलाडी प्रिन्स दाहाल र दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता निमा घर्तीमगर एनएनआइपिए उदियमान खेलाडी घोषित भउ ।

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन उत्कृष्ट पारा खेलाडी घोषित भए ।

ओलम्पियन पलेसाले १० हजार रुपियाँ पुरस्कार पाए ।

यो पनि:

एनएसएलको विरोधमा ‘ए’ डिभिजन क्लबहरू

प्रकाशित समय: मङ्गलबार १७ फाल्गुण, २०७८, २१:१९:५४
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०