नेपालकाे टी२० विश्वकप यात्रा सम्भव छ: प्रशिक्षक र कप्तान (भिडियाेसहित)

नेपालले आफ्नाे विश्वकप छनाेटकाे यात्रा आज शुक्रबारबाट सुरु गर्दैछ । 

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ फाल्गुण, २०७८
५ वर्षअघि
टी२० विश्वकप

टी२० विश्वकपमा  नेपाल पुनः छनोट हुनेमा नेपाली राष्ट्रिय क्रिकेट टाेलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले विश्वास व्यक्त गरेका छन् ।

यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि नेपाल छनोट हुनेमा दासानायके र लामिछानेले विश्वास व्यक्त गरेका हुन् ।

नेपालले आफ्नाे विश्वकप छनाेटकाे यात्रा आज (शुक्रबार)बाट सुरु गर्दैछ ।

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानविरुद्ध आज अल अमेरात क्रिकेट मैदानमा ग्लोबल छनोटको पहिलो खेल खेल्दैछ ।

आयोजक ओमानविरुद्धको खेल अघि प्रशिक्षक दासानायकेले नेपाली खेलाडीहरु उच्च फर्ममा रहेको बताएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली टाेलीकाे तयारीबारे पछिल्लाे अपडेट दिन सामाजिक सञ्जालमा अपलाेड गरिएकाे भिडियाेमा प्रशिक्षक दासानायकेले नेपालकाे ब्याटिङ्मा पनि सुधार भइरहेको बताए।

आवश्यक खेलाडी आवश्यक स्थानमा नै रहेकाले पनि आफू ढुक्क रहेकाे बताउँछन् ।

ब्याटिङ मात्र नभइ बलिङमा पनि सुधार भइरहेकाे उनकाे भनाइ छ ।

‘फास्ट बलर र स्पीनरहरु राम्रो अवस्थामा छन्’ प्रशिक्षक दासानायके भन्छन्, ‘उनीहरुले टाेलीकाे याेजना अनुरूप नै तयारी गरिरहेका छन् ।’

ओमान भ्रमणमा खेलिएकाे चार देश सम्मिलित टी२० सिरिजले खेलाडीलाई मैदानकाे अवस्था बुझ्न र  आफ्नाे कमजाेरी पत्ता लगाउन मद्दत गरेकाले पनि टाेली टी २० विश्वकप ग्लाेबल छनाेटका लागि सकारात्मक रहेकाे प्रशिक्षक दासानायके बताउँछन् ।

‘हामी विश्वकपमा छनाेट हुने तरिकाले खेल्छाैँ’

पहिलाे पटक नेपाली राष्ट्रिय क्रिकेट टाेली सम्हालिरहेका कप्तान सन्दिप लामिछाने पनि नेपालले इतिहास दाेहाेर्याउनेमा विश्वस्त छन् ।

क्यानले सार्वजनिक गरेकाे भिडियाेमा कप्तान लामिछानेले नेपाली टाेलीले विश्वकपमा छनाेट हुने लक्ष्य राखेकाे र साे उपलब्धि प्राप्त गर्न टाेलीका सबै सदस्यले मेहनत गरिरहेकाे  उल्लेख गरेका छन् ।

‘चार देशीय सिरिजले खेलाडीलाई आफ्नाे कमजाेरी पत्ता लगाउन र मैदानकाे अवस्था बुझ्न मद्दत गरेकाले पनि हामीलाई केही सहज भएकाे छ, सबै पक्षमा सुधार गरेर प्रशिक्षण गरिरहेका छाैँ’ कप्तान लामिछाने भन्छन्, ‘लक्ष्य टी२० विश्वकप भएकाले साेही अनुसारकाे तयारी भइरहेकाे छ, हामी सफल हुन्छाैँ भन्ने विश्वास छ ।’

नेपाल र ओमानबीचको खेल शुक्रबार मध्यान्ह ११ः४५ मा अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ ।

यही वर्ष अस्ट्रेलियामा आयोजना हुने विश्वकप छनोटका लागि नेपाल समूह ‘ए’ मा परेको छ ।

समूहमा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र यूएई गरेर आठ टोली छन् ।

आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ ।

नेपालको समूहमा क्यानडा, ओमान र फिलिपिन्स छन् ।

अर्को समूहमा आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी छन् ।

नेपालले शुक्रबार ओमान, शनिबार फिलिपिन्स र सोमबार क्यानडासँग खेल्नेछ । शीर्ष दुईमा रहनसके नेपालले मंगलबार सेमिफाइनल खेल्नेछ ।

फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

प्रकाशित समय: शुक्रबार ६ फाल्गुण, २०७८, ०८:४५:३४
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०