नेपाल टी–२० वरीयतामा एक स्थान खस्कियो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३ फाल्गुण, २०७८
५ वर्षअघि
UAE

नेपाल आइसिसीको टी–२० वरीयतामा एक स्थान खस्किएको छ ।

सोमबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको वरीयतामा नेपाल १३औँ स्थानमा छ ।

Advertisement

यसअघि १२औँ स्थानमा रहेको नेपालल एक स्थान तल झरेको हो ।

ओमानमा सम्पन्न चारदेशीय टी–२० सिरिजको तीन खेलमध्ये नेपालले दुई खेलमा पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा युएईसँग २५ रनले पराजित भएको थियो ।

आफ्नो तेस्रो खेलमा टेस्ट राष्ट्र ओमानको सामना गरेको नेपाल १६ रनले पराजित भएको थियोे ।

सिरिज जितेको युएई भने नेपाललाई उछिन्दै १२औँ स्थानमा उक्लिएको छ ।

नेपालसँग सिरिज खेलेको आयरल्यान्ड १५औँ र ओमान १८औँ स्थानमा छ ।

वरीयताको शीर्षस्थानमा इङ्ल्यान्ड छ ।

भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छ ।

एकदिवसीय वरीयतामा भने नेपाल १६औँ स्थानमा छ ।

आइसिसी पुरुष टी–२० विश्वकपअन्तर्गतको ग्लोबल छनोटको तयारीमा छ ।

नेपाली टोलीले ओमानमा फेब्रुअरी १८ देखि २४ तारिखसम्म आयोजना हुने ग्लोबल छनोट खेलमा सहभागी हुने छ ।

यही वर्ष अस्ट्रेलियामा आयोजना हुने विश्वकप छनोटका लागि नेपाल समूह ‘ए’ मा परेको छ ।

समूहमा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र यूएई गरेर आठ टोली छन् ।

आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ ।

नेपालको समूहमा क्यानडा, ओमान र फिलिपिन्स छन् ।

अर्को समूहमा आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी छन् ।

नेपालले उद्घाटन खेलमा नेपालले फेब्रुअरी १८ तारिख आयोजक ओमानसँग खेल्नेछ ।
यसैगरी ग्लोबल छनोटका लागि समूह ‘बी’ मा जिम्बावे, हङकङ, जर्सी, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् ।

समूह ‘बी’ को छनोट खेल भने जुलाई ११ देखि १७ सम्म जिम्बावेमा हुनेछ ।

दुवै समूहका शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

टोलीमा यस पटक सागर ढकाल पनि समेटिएका छन् ।

यसअघि क्यान र प्रशिक्षक पुबुदु दसानायकेले घोषणा गरेको १६ सदस्यीय टोलीमा उनी परेका थिएनन् ।

सागरलाई समेटेपछि १७ सदस्यीय टोल बनेको छ ।

सागरले हालै सम्पन्न प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

टोलीमा सागरसँगै सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, करण केसी, आरिफ शेख छन् ।

यस्तै, कुशल मल्ल, आसिफ शेख, कमलसिंह ऐरी, शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र मुखिया, विवेक यादव र लोकेश बम पनि टिममा छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०