भ्यालेन्टाइन डे स्पेसल : अन्तरजातीय बिहे गरेका जीवन र लक्ष्मीको सङ्घर्ष

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २ फाल्गुण, २०७८
५ वर्षअघि

अन्तरजातीय विवाह गरेका जीवन भट्टराई र लक्ष्मी परियार कलाकारिताको माध्यमबाट सामाजिक कुरीतिका रूपमा रहेको जातीय विभेदविरुद्ध आन्दोलनमा प्रभावकारी भूमिका खेलिरहेका छन् ।

जीवन र लक्षमीले २०७४ सालमा बिहे गरेका हुन् ।

Advertisement

जीवन र लक्ष्मीको भेट एन्टेना फाउन्डेसनले गरेको रेडियो नाटकका क्रममा भेट भयो ।

सुरुमा दिदी–भाइजस्तो सम्बन्धमा भेटिएका उनीहरूको सहकार्यले प्रेम, लिभिङ टुगेदर हुँदै विवाहसम्मको रूप लियो ।

प्रेम हुँदादेखि नै उनीहरूले आफ्नो प्रेमले सफलता पाउला भन्ने सोचेका थिएनन्, तर उनीहरूले २०७४ सालतिर आफ्नो प्रेमलाई विवाहमा रूपान्तरण गरे ।

उनीहरूलाई लाग्थ्यो, शिक्षित समाजले यी जातीय व्यवस्थाका व्यवहार त्याग्छ, जातलाई लिएर विभेद गर्दैन ।

तर अझैसम्म पनि जातलाई लिएर हुने हिंसा बढिरहेको देख्दा अनि आफैँले जातीय रूपमा पाएको असमान व्यवहारका कारण जीवन र लक्ष्मी आजित छन् ।

रेडियो नाटकका क्रममा भेटिएका जीवन र लक्ष्मीले सँगै मण्डला थिएटरमा नाटक सिके ।

नाटक पनि एकसाथ गरे ।

पछि प्रेम बसेपछि दुई वर्ष लिभिङ टुगेदरमा बसे ।

त्यसपछि जीवनले विवाह गर्ने निधो बनाएर लक्ष्मीको घरमा कुरा राखे ।

लक्ष्मीका बुबा पनि अन्तरजातीय विवाह गरेका परिआउने परिस्थितिबारे जानकार थिए ।

लक्ष्मीका बुबाले उनलाई भने, ‘पछि तपाईँविरुद्ध हुने विभेदपूर्ण व्यवहारबाट कसरी उम्कनु हुन्छ ?’

त्यस बेला आत्मविश्वासले भरिपूर्ण जवाफ दिएका जीवन बिहेकै कुरा गर्न आफ्नो घर पुगे ।

आफ्ना बुबालाई लक्ष्मीसँग बिहे गर्न लागेको भन्ने कुरा सुनाएपछि भने उनले नमिठो जवाफ पाए ।

जीवनका बुबाले सामाजिक बाध्यता र पारिवारिक मूल्यमान्यताका कारण अन्तरजातीय विवाह स्वीकार्न नसक्ने जनाए ।

तर जीवनले आफ्नो साहस अझ बलियो बनाएर लक्ष्मीसँग बिहे गरे ।

अहिले जीवनको परिवारले दुवैलाई बहिस्कार गरेको छ, बोलचाल छैन ।

अझै पनि लक्ष्मी र जीवन कलाकारिताबाट होस् वा आफ्नै भोगाइबाट होस् जातीय विभेदलाई जरैबाट हटाउन सङ्घर्ष गरिरहेका छन् ।

यो सङ्घर्षले चाँडै नै सफलता पाउनेमा ढुक्क छन्, उनीहरू ।

हो, अहिलेको समाज शिक्षित छ ।

तर पनि अन्तरजातीय विवाह गरेर जातीय विभेदविरुद्ध आन्दोलनमा सघाउ पुर्याउने अभियन्तालाई अझै उस्तै व्यवहार गरिन्छ, जस्तो व्यवहार अशिक्षित समाजमा हुन्थ्यो ।

आर्थिक सक्षमता, शैक्षिक स्थिति र चेतनाको कमीका कारण जातीय विभेद कायमै छ ।

समाज शिक्षित भए पनि जातीय व्यवस्थालाई बढवा दिँदै आएका व्यक्तिहरू समाजमा रहेका कारण यसविरुद्धको चेतना आउन समय लाग्छ ।

तर कति समय ?

यो प्रश्न समाजप्रति लक्षित गर्दै सबैले सोध्न जरुरी छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
१ दिनअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
३ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
१ हप्ताअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०