विराटनगर। नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै छापावाल सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०० रुपैयाँले घटेको छ। शुक्रबार ३ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर प्रतितोला ३ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।