अस्ताउँदो सूर्यलाई पनि उत्तिकै सम्मान गर्नुपर्छ : प्रधानमन्त्री शाह

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३० कार्तिक, २०८३
१८ घण्टाअघि

प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वले जीवनका हरेक अवस्थालाई समान रूपमा सम्मान गर्न सिकाउने बताएका छन्। उनले उदाउँदो सूर्यसँगै अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ पूजा गर्नुपर्ने सन्देश दिएका हुन्।

छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यस पर्वलाई जीवनको गहिरो दर्शनसँग जोडिएको बताएका छन्। उनका अनुसार भगवान् सूर्यदेव र छठी माताको आराधना गरी मनाइने छठले परिवारको सुख, शान्ति, स्वास्थ्य र सन्तानको दीर्घायुको कामना गर्दछ।

Advertisement

शाहले छठको विशेष परम्पराका रूपमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ्य दिने चलनको चर्चा गरेका छन्। यसले प्रकृतिप्रति कृतज्ञता प्रकट गर्नुका साथै जीवनका सबै परिस्थितिलाई समान महत्त्व दिन प्रेरित गर्ने उनको भनाइ छ।

चार दिनसम्म मनाइने छठको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहेको छ।

प्रधानमन्त्री शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन्। छठले सकारात्मक ऊर्जा प्रदान गर्दै सुशासन, सामाजिक न्याय र राष्ट्रिय समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा दिने विश्वास उनले व्यक्त गरेका छन्।

उनले शुभकामना सन्देशको अन्त्यमा मैथिली भाषामा पनि छठको शुभकामना दिँदै दीनानाथ र छठ परमेश्वरीले सबैको जीवनमा सुख, शान्ति र समृद्धि प्रदान गरून् भन्ने कामना गरेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

रास्वपाको चीन भ्रमणमा सरकारी खर्च नहुने महामन्त्री आचार्यको दाबी

आईतबार ३० कार्तिक, २०८३
१८ घण्टाअघि

इजरायलमा सत्ता समीकरणको रस्साकस्सी, नेतान्याहूको एकता प्रस्ताव विपक्षीद्वारा अस्वीकार

आईतबार ३० कार्तिक, २०८३
१८ घण्टाअघि

छठ पर्वले आशा, उत्साह र समृद्धि ल्याओस् : केपी ओली

आईतबार ३० कार्तिक, २०८३
१८ घण्टाअघि

नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको ज्यान गयो

सोमबार २४ कार्तिक, २०८३
७ दिनअघि

एपेक सम्मेलनमा ट्रम्पको कूटनीतिक पहल, सी र पुटिनसँग भेटवार्ताको तयारी

सोमबार २४ कार्तिक, २०८३
७ दिनअघि

चिनियाँ जासुससँग सम्बन्धको आरोपपछि एनभिडिया प्रमुखमाथि छानबिन, ट्रम्पले गरे बचाउ

सोमबार २४ कार्तिक, २०८३
७ दिनअघि
अन्तिम बलमा पाकिस्तानलाई स्तब्ध पार्दै भारतले जित्यो यू–१९ एसिया कपको उपाधि
आईतबार ३० कार्तिक, २०८३
रास्वपाको चीन भ्रमणमा सरकारी खर्च नहुने महामन्त्री आचार्यको दाबी
आईतबार ३० कार्तिक, २०८३
रोनाल्डोबिनाको पहिलो खेलमै पोर्चुगल डेनमार्कसँग ४–१ ले पराजित
आईतबार ३० कार्तिक, २०८३
इजरायलमा सत्ता समीकरणको रस्साकस्सी, नेतान्याहूको एकता प्रस्ताव विपक्षीद्वारा अस्वीकार
आईतबार ३० कार्तिक, २०८३
अस्ताउँदो सूर्यलाई पनि उत्तिकै सम्मान गर्नुपर्छ : प्रधानमन्त्री शाह
आईतबार ३० कार्तिक, २०८३
छठ पर्वले आशा, उत्साह र समृद्धि ल्याओस् : केपी ओली
आईतबार ३० कार्तिक, २०८३
सुन प्रतितोला १ हजार ५०० र चाँदी १०० रुपैयाँले सस्तियो
आईतबार ३० कार्तिक, २०८३
अबुधाबीमा रूस–युक्रेन युद्ध अन्त्यका लागि त्रिपक्षीय वार्ता हुँदै, ईयूको पनि चासो
मङ्गलबार २५ कार्तिक, २०८३
चार खेलमै जितको छाप छोडेर नेपालबाट फर्किए डेभिड वार्नर
मङ्गलबार २५ कार्तिक, २०८३
नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको ज्यान गयो
सोमबार २४ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०