मोदी–लामिछाने भेट : नेपाल–भारत सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २० जेठ, २०८३
४ महिनाअघि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य, व्यापार, पूर्वाधार, ऊर्जा तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा छलफल भएको बताइएको छ।

भेटपछि प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्ध भारतको ‘नेबरहुड फर्स्ट’ नीतिको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै दुई देशबीचको ऐतिहासिक, बहुआयामिक तथा विशेष सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन भारत प्रतिबद्ध रहेको बताएका छन्।

सभापति लामिछानेले नेपाल र भारतबीचको साझा समृद्धि तथा उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। त्यसप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै मोदीले आगामी दिनमा दुवै देशबीच सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरेका छन्।

भारत भ्रमणका क्रममा लामिछानेले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन तथा अन्य उच्चस्तरीय भारतीय नेताहरूसँग पनि भेटवार्ता गरेका छन्। भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ।

लामिछाने असार १ गते भारत भ्रमणमा गएका हुन्। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुने कार्यक्रम यसअघि नै तय गरिएको विभिन्न स्रोतहरूले उल्लेख गरेका थिए।

प्रकाशित समय: बुधबार २० जेठ, २०८३, १४:३३:४८
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०