पाँचथरको याङवरकमा बाढीपहिरोका कारण ठूलो क्षति, सडक र पुल बगे

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ९ जेठ, २०८३
१ महिनाअघि

 विराटनगर । अविरल वर्षापछि आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ ।

गएराति आएको बाढीपहिरोका कारण वडा नम्बर १, २ र ३ मा घरगोठ, सडक, झोलुङ्गे पुल तथा जलविद्युत आयोजनामा क्षति पुगेको हो ।

Advertisement

याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार वडा नम्बर १ मा दुई वटा घर बग्नुका साथै वडा नम्बर १ र २ मा रहेका तीन वटा झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको र अहिले वर्षा रोकिएको उनले बताए ।

बाढीपहिरोले याङवरक-१ च्याङथापु बजार आसपासको क्षेत्रमा सबैभन्दा बढी क्षति पुर्‍याएको छ । निरन्तर वर्षाका कारण पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत ओयाम–चिवाभञ्ज्याङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ । याङवरक–३ स्थित रिजाल भिरमा पहिरो खसेको छ भने वडा नम्बर २ को दोभाने क्षेत्रमा बनाइएको डाइभर्सन बाढीले पूर्ण रूपमा बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । सीमा प्रहरी कार्यालय च्याङथापुले क्षतिको विवरण स‌‌ंकलन सुरु गरेको छ ।

यसैबीच, पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर करिडोरमा निर्माणाधीन लिम्बुनी सडक पुलको ट्रस पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

हेँवा, काबेली र तमोर नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्र उच्च जोखिममा परेको छ । बाढीपहिरोका कारण याङवरक-३ ओयाम बजार आसपासका खेतीयोग्य जमिनमा समेत ठूलो क्षति पुगेको स्थानीयवासी तेजबहादुर योङ्याले बताएका छन् ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

सहकारी बचत फिर्ता गर्न ऐन संशोधन गरिएको हो : मन्त्री प्रतिभा रावल
आईतबार २१ असार, २०८३
चितवनमा जंगली हात्तीको आक्रमणपछि आगलागी हुँदा आमा–छोराको मत्यु
आईतबार २१ असार, २०८३
मन्सुरीको पहलमा सहकारी बचत फिर्ता अभियान प्रभावकारी, झण्डै चार करोड रकम बचतकर्तालाई फिर्ता
शनिवार २० असार, २०८३
गुरुङ नेतृत्वको बर्जु–१ ले किसानलाई दियो विद्युतीय पानी तान्ने मेसिन
शनिवार २० असार, २०८३
बर्जु–२ ले गर्यो  किसानहरुलाई निःशुल्क स्प्रे मेसिन वितरण
शनिवार २० असार, २०८३
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको आग्रह
शनिवार २० असार, २०८३
सरकारका सय दिन पूर्णत असफल : प्रचण्ड
शनिवार २० असार, २०८३
१०० दिन पूरा गर्दै सरकारले सार्वजनिक गर्‍यो उपलब्धिको विवरण
शनिवार २० असार, २०८३
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
शनिवार २० असार, २०८३
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
शनिवार २० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०