ट्राफिक निगरानी कडा, २४ घण्टामै १८ सयभन्दा बढी चालक कारबाहीमा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २५ ब‌ैशाख, २०८३
२ महिनाअघि

काठमाडौं — काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध प्रहरीले कडाइ बढाएको छ। पछिल्लो २४ घण्टामा मात्रै एक हजार ८०६ चालक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीबाट राज्यकोषमा १८ लाख ७६ हजार ५०४ रुपैयाँ राजस्व संकलन भएको छ।

Advertisement

कारबाहीमा पर्नेहरूमध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७७ जना रहेका छन् भने नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १६२ जनालाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै ट्राफिक संकेत उल्लङ्घन गर्ने १०६, तीव्र गतिमा सवारी चलाउने ८८, लेन अनुशासन नमानेका ८४ र निषेधित क्षेत्रमा हर्न बजाउने ३९ जनामाथि कारबाही गरिएको प्रहरीले जनाएको छ।

सडक पेटीमा पार्किङ गर्ने ७७ तथा एकतर्फी सडकमा सवारी चलाउने १११ जनासमेत कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६२ जनालाई पनि जरिवाना गरिएको कार्यालयले जनाएको छ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

बाँदर धपाउन रूपाकोटका हरेक टोलमा ‘बाली हेरालु’ राखिने
बुधबार १० असार, २०८३
घानाले गोलरहित बराबरीमा रोक्यो इंग्ल्यान्डलाई, चलेन ह्यारी केनको जादू
बुधबार १० असार, २०८३
विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ
बुधबार १० असार, २०८३
उज्वेकिस्तानमाथि पोर्चुगलको शानदार जित, रोनाल्डोको रेकर्ड नै रेकर्ड
बुधबार १० असार, २०८३
लागूऔषधसहित दुई जना नियन्त्रणमा
मङ्गलबार ९ असार, २०८३
एमाले संसदीय दलको बैठक जारी
मङ्गलबार ९ असार, २०८३
विश्वकपमा पोर्चुगलको दोस्रो परीक्षा, रोनाल्डोलाई रेकर्ड बनाउने मौका
मङ्गलबार ९ असार, २०८३
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
मङ्गलबार ९ असार, २०८३
धुलिखेल–खावा सडक खण्डमा १५ दिन टिपर संचालनमा रोक
मङ्गलबार ९ असार, २०८३
पूर्वअर्थमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो
मङ्गलबार ९ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०