गैंडाकोटमा तिनवटा गाडी एकआपसमा ठोक्किदा १२ जना जना घाईते

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १६ चैत, २०८२
६ महिनाअघि

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिक आज बिहान भयानक सवारी दुर्घटना भएको छ। दुर्घटनामा मानवीय क्षति भने नभए पनि १० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी अनिल पण्डितका अनुसार नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०९१० नम्बरको बसले गैंडाकोटबाट भेंडाबारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी र सोही दिशाबाट अघि बढिरहेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको हो।

आज बिहान करिब ६:४५ बजे भएको उक्त दुर्घटनामा तीनवटै सवारी साधनका चालक घाइते भएका छन् भने बसमा सवार अन्य ८–९ जना यात्रु पनि सामान्य घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा ट्रक चालक रामेछापका ३२ वर्षीय इन्द्र तामाङ, बस चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० का ४१ वर्षीय मोहनसिंह बलामी मगर र हात्तीगाडी चालक चितवनको भरतपुर महानगरपालिका–१२ का ३३ वर्षीय दर्शन काप्री रहेका छन्। काप्रीको छातीमा चोट लागेको छ भने बस र ट्रक चालकका दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। तीनै जनाको अवस्था मध्यम रहेको बताइएको छ।

दुर्घटनापछि तीनवटै सवारी साधन सडक किनारमा राखिएको छ। यद्यपि, राजमार्गमा सवारी आवागमन भने अवरुद्ध नभएको प्रहरीले स्पष्ट पारेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रकाशित समय: सोमबार १६ चैत, २०८२, १०:३५:१५
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०