राजविराजमा बालेन्द्र शाहको कार्यक्रम विवादित : शालिकमा माला कि समर्थकलाई सम्मान ?

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २९ माघ, २०८२
७ महिनाअघि

राजविराज । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चुनावी गतिविधि तीव्र बनाउने क्रममा शाह राजविराज आएका थिए। उनको स्वागतका लागि बिहानैदेखि गजेन्द्र चोक र रास्वपाको जिल्ला पार्टी कार्यालय अगाडि नेता–कार्यकर्ता तथा समर्थकहरू भेला भएका थिए। तर निर्धारित समयभन्दा ढिलो राजविराज पुगेका शाह गाडीबाट नओर्ली सवारी साधनको रुफबाटै हात हल्लाउँदै समर्थकलाई अभिवादन गरेपछि कार्यकर्ताहरू आश्चर्यचकित बने।

गजेन्द्र चोकमा पुगेका बेला शाहले माला फ्याँकेको दृश्य सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। उक्त दृश्यलाई लिएर विवाद चर्किएको छ। आलोचकहरूले स्वर्गीय गजेन्द्रनारायण सिंह (गजेन्द्र बाबु) को शालिकतर्फ माला फ्याँकेर असम्मान गरेको आरोप लगाएका छन्। यद्यपि समर्थकहरू भने त्यो माला स्वागत गर्न भेला भएका युवातर्फ फालेको दाबी गर्छन्।

पूर्वनिर्धारित कार्यक्रमअनुसार शाहले गजेन्द्र बाबुको शालिकमा माल्यार्पण गरी त्यहाँबाट नजिकै रहेको पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्ने तालिका थियो। तर उनको सवारी पार्टी कार्यालय अगाडि नरोकिई सीधै होटलतर्फ लागेपछि उपस्थित समर्थकहरू निराश बने।

शाह होटलमा भोजनका लागि गएका थिए। जिल्ला नेताहरूले भोजनपछि उनी पुनः गजेन्द्र चोक र पार्टी कार्यालय फर्किने जानकारी दिएका थिए। सोही आशामा नेता–कार्यकर्ता करिब एक घण्टाभन्दा बढी प्रतिक्षामा बसे पनि शाह खाना खाइसकेपछि हुलाकी सडक हुँदै पश्चिमतर्फ प्रस्थान गरेपछि कार्यक्रम स्थगितजस्तै भयो।

घटनापछि सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु भएको छ। कतिपयले “कार्यकर्ता र ऐतिहासिक व्यक्तित्वप्रति असम्मान” देखाएको आरोप लगाएका छन् भने केहीले नेतृत्वशैलीमाथि प्रश्न उठाएका छन्।

यता, रास्वपा सप्तरीका नेताहरूले भने समय अभाव र सुरक्षा संवेदनशीलताका कारण कार्यक्रम छोट्याउनुपरेको स्पष्ट पारेका छन्। रास्वपा नेता खेलानन्द दासले शालिकमा माला फ्याँकेको आरोप असत्य भएको दाबी गर्दै भने, “उहाँले भिडतर्फ माला फाल्दै जनताको अभिनन्दन स्वीकार गर्नुभएको हो। शालिकलाई लक्षित गरेर अपमान गर्ने उद्देश्य थिएन।”

उनका अनुसार शालिकमा माल्यार्पण गर्ने कार्यक्रम औपचारिक रूपमा तय नभएको र व्यस्त तालिका तथा सुरक्षा व्यवस्थापनका कारण गाडी नरोकिएको हो। रास्वपाले शाहको कार्यक्रम तालिका अत्यन्त व्यस्त रहेको र अन्य जिल्लामा समेत पुग्नुपर्ने भएकाले राजविराजमा लामो समय बस्न सम्भव नभएको जनाएको छ।

यस घटनाले निर्वाचनको पूर्वसन्ध्यामा रास्वपाको छवि र स्थानीय संगठनात्मक मनोबलमा कस्तो प्रभाव पार्छ भन्ने विषय अहिले राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।

प्रकाशित समय: बुधबार २९ माघ, २०८२, १०:२९:३०
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०