लोपोन्मुख सालक संरक्षणका लागि पहिलो राष्ट्रिय सम्मेलन हुँदै

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २० माघ, २०८२
८ महिनाअघि

नेपालमा पहिलोपटक सालक सम्मेलन आयोजना हुने भएको छ। बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा माघ २६ गते चितवनको माडीमा सालक सम्मेलन हुन लागेको हो।

डिभिजन वन कार्यालयको संयोजनमा आयोजना हुने सम्मेलनमा बागमती प्रदेशभित्रका डिभिजन वन कार्यालयका प्रमुखहरू, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, विभिन्न जिल्लाका सामुदायिक वनका प्रतिनिधि तथा संरक्षणकर्मीहरूको सहभागिता रहनेछ।

डिभिजन वन कार्यालय माडीका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको वर्तमान अवस्था, यसको संरक्षणको आवश्यकता, संरक्षणमा देखिएका चुनौती र आगामी कार्यदिशाका विषयमा विस्तृत छलफल गरिनेछ। सम्मेलनमा संरक्षण क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विज्ञसहित २०० भन्दा बढीको सहभागिता रहने उनले बताए।

सम्मेलनको अन्त्यमा सालक संरक्षणका लागि ‘माडी घोषणा पत्र’ जारी गरिनेछ। किसानको साथीका रूपमा परिचित सालकले कृषि क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको संरक्षण अपरिहार्य रहेको आचार्यको भनाइ छ।

राष्ट्रिय निकुञ्ज ऐन २०२९ अनुसार सालक संरक्षित वन्यजन्तुमा सूचीकृत भए पनि हाल यो लोपोन्मुख अवस्थामा पुगेको छ। यसको संरक्षणका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उनले जोड दिए।

बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालले नेपालमा पहिलोपटक सालक सम्मेलन हुन लागेको जानकारी दिँदै वन्यजन्तु संरक्षण भनेपछि ठूला जनावरलाई मात्रै प्राथमिकता दिने प्रवृत्ति रहेको बताए। साना वन्यजन्तु पनि उत्तिकै महत्वपूर्ण भएकाले प्रदेश सरकारले सालक संरक्षणका लागि नीति तथा कार्यक्रम बनाएर काम अघि बढाएको उनले बताए।

उनका अनुसार आगामी वर्षदेखि सालक संरक्षणलाई नियमित कार्यक्रमका रूपमा सञ्चालन गरिनेछ। बागमती प्रदेशका सबै डिभिजन वन क्षेत्रमा सालक पाइने र यसको संरक्षणले सम्पूर्ण प्रकृतिलाई सकारात्मक प्रभाव पर्ने उनले बताए। भविष्यमा ‘सालक हेर्न बागमती प्रदेश जाऔँ’ भन्ने अवस्था सिर्जना गर्न यो सम्मेलन महत्वपूर्ण हुने उनको भनाइ छ।

सालक संरक्षणमा सामुदायिक वन र स्थानीय समुदायलाई एकीकृत गर्दै यसको बासस्थान र आहारा संरक्षणलाई अभियानका रूपमा अघि बढाइने मन्त्रालयले जनाएको छ। साथै सालक मार्ने वा क्षति पुर्‍याउनेलाई निकुञ्ज ऐनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ।

प्रकाशित समय: सोमबार २० माघ, २०८२, १६:०७:३०
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०