‘शी लिड्स आइकन’ काे दोस्रो संस्करणका लागि ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधि छनोट

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ भदौ, २०८२
१ वर्षअघि

विराटनगर । राजनीतिमा महिलाको सहभागिता र नेतृत्व प्रवर्द्धन गर्ने उद्देश्यले ‘कल्प इम्पावर वेमेन नेपाल’ले  “शी लिड्स आइकन”काे दोस्रो संस्करणका लागि ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधि छनोट गरेकाे छ ।

देशभरका स्थानीय तहमा निर्वाचित महिला प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरूमध्येबाट ३१ जना छनाेट गरेका हाे ।

“शी लिड्स आइकन” कल्प इम्पावर वेमेन नेपालको ‘राजनीतिमा महिला’ परियोजना अन्तर्गतको कार्यक्रम हो ।

दाेस्राे संस्करणका लागि १३१ जना महिला जनप्रतिनिधिले आवेदन दिएका थिए । जसमध्ये प्रक्रिया पूरा भएका १११ आवेदनमाथि मूल्यांकन गरिएको थियो ।

नेतृ अष्टलक्ष्मी शाक्य, सञ्चार तथा ब्रान्ड रणनीतिज्ञ चारु चड्ढा र लैंगिकता तथा समानता विशेषज्ञ सरु जोशी रहेकाे निर्णायक मण्डलले ३१ जनालाई छनोट गरेको  थियाे ।

प्रदेशगत रूपमा कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट ५, बागमती प्रदेशबाट ५, गण्डकी प्रदेशबाट ४, लुम्बिनी प्रदेशबाट ४, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिम प्रदेशबाट ५ जना प्रेरणादायी महिला जनप्रतिनिधि छनोटमा परेका छन् ।

आयोजक संस्था कल्पकी अध्यक्ष पुजा कोइरालाका अनुसार छनोट भएकाहरु मध्येबाट ७ जनालाई आइकन घोषणा गरिनेछ । आइकन छनोट जनमत, ग्राउन्ड रिपोर्ट र निर्णायक मण्डलको अन्तर्वार्ता माध्यमबाट गरिनेछ ।

यी हुन् छनाेट भएकाहरु

कोशी प्रदेशबाट
प्रमिला राई, भोजपुर, षडानन्द नगरपालिका, उपप्रमुख
बिपना कुलुंग, सोलुखुम्बु, महाकुलुङ गाउँपालिका, उपाध्यक्ष
विष्णु कुमारी लिम्बु, इलाम, इलाम नगरपालिका, उपप्रमुख
सबिता राई, सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिका, उपाध्यक्ष

मधेश प्रदेशबाट
विद्या देवी भुजेल, धनुषा, धनुषाधाम नगरपालिका, उपप्रमुख
कल्पना कुमारी कटुवाल, सर्लाही, बरहथवा नगरपालिका, प्रमुख
गिता चौधरी, सप्तरी, सुरुङ्गा नगरपालिका, प्रमुख
गोकुली कुमारी रेग्मी, पर्सा, ठोरी गाउँपालिका, उपाध्यक्ष
रीना कुमारी साह, रौतहट, मौलापुर नगरपालिका, प्रमुख

बागमती प्रदेशबाट
सिता माया गुरुगं, धादिङ, नेत्रावती डबजोङ गाउँपालिका, उपाध्यक्ष
गायत्री आचार्य, दोलखा, मेलुङ गाउँपालिका, उपाध्यक्ष
मिठुदेवी लामा, सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका, उपाध्यक्ष
मीना कुमारी लामा, मकवानपुर, हेटौंडा उप-महानगरपालिका, प्रमुख
बाल कुमारी कार्की (थापा), रामेछाप, रामेछाप नगरपालिका, उपप्रमुख

गण्डकी प्रदेशबाट
हिरादेवी शर्मा, पर्वत, मोदी गाउँपालिका, अध्यक्ष
भागवती रेग्मी अर्याल, स्याङ्जा, भिरकोट नगरपालिका, उपप्रमुख
पद्‍मा गुरुङ, लमजुङ, बेसीशहर नगरपालिका, उपप्रमुख
चन्द्रकला अधिकारी, कास्की, अन्नपूर्ण गाउँपालिका, उपाध्यक्ष

लुम्बिनी प्रदेशबाट
विना कुमारी भट्टराई, बर्दिया, ठाकुरबाबा नगरपालिका, उपप्रमुख
हुमा कुमारी डि.सी., दाङ, घोराही उप-महानगरपालिका, उपप्रमुख
निरमाया तरामु, गुल्मी, सत्यवती गाउँपालिका, उपाध्यक्ष
मिना थापा, रोल्पा, सुनिलस्मृति गाउँपालिका, उपाध्यक्ष

कर्णाली प्रदेशबाट
देविका कुमारी सिंह, जाजरकोट, कुशे गाउँपालिका, उपप्रमुख
मोहनमाया ढकाल भण्डारी, सुर्खेत, वीरेन्द्रनगर नगरपालिका, प्रमुख
धर्मकला शाही, कालिकोट, शुभकालिका गाउँपालिका, उपाध्यक्ष
सिता जैसी, जाजरकोट, भेरी नगरपालिका, उपप्रमुख

सुदूरपश्चिम प्रदेशबाट
जमुना कुमारी बोहरा, डोटी, जोरायल गाउँपालिका, उपाध्यक्ष
सुशिला शाही, कैलाली, लम्कीचुहा नगरपालिका, प्रमुख
ज्ञानु कुमारी सेटी देउबा, डडेल्धुरा, गन्यापुधरा गाउँपालिका, उपाध्यक्ष
डोल्मा तामाङ्ग, बझाङ्ग, साइपाल गाउँपालिका, उपाध्यक्ष
लक्ष्मी धामी (रोकाया), डोटी, आदर्श गाउँपालिका, उपाध्यक्ष

प्रकाशित समय: सोमबार ९ भदौ, २०८२, १६:१९:०२
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०