तिमी हिरो होइनौ विजय (कविता)

-देवव्रत
शनिवार ३२ साउन, २०८२
१ वर्षअघि

पर्दामा तिम्रो आगमनले
दशवटा गाडी १२ फिट माथि उड्दैनन्
दर्जनौं गुण्डाहरू एकैपटक ढल्दैनन्
न कुनै आतंक रोकिन्छ शहरमा
न ‘बचाऊ…’ भन्दै
तिम्रो पिठ्युँमा लुक्न आउँछे कुनै गाउँले युवती
न तिम्रो चिच्हाटमा चर्किन्छन् पर्खालहरू
न त तिम्रो उपस्थितिमा बज्छ उत्तेजित पार्श्व संगीत
आउँछौ-जान्छौ
जान्छौ-आउँछौ
तिमी हिरो हैनौ
तिमीलाई सुहाउँदैन
र साँच्चै !
म त्यो हेर्न चाहन्नँ पनि ।
पर्खालहरू भत्किएका छन्
टुटफुट इँट्टा–बालुवाले
अग्लिएको छ धरातल
त्यहाँमाथि उभिएर
अग्ला देखिएका छौ तिमी पनि
यो धरातल जतिबेलै भासिन सक्छ ।
तर यतिबेला
मेरो च्यात्तिएको हृदयमा बजिरहेको सारंगी तिमी हौ
भट्टीको धुवाँभित्र हराएको गीत पनि तिमी हौ ।
कहिले असफलताका गल्लीहरूमा
बेरोजगारीले पिसिन्छौ
कहिले सहरको चिसो भुइँमा
एक्लोपनले बेस्सरी अँठ्याउँदा
बियरको भिटामिन बनेर मिसिन्छौ
लाखे मार्गमा मेरै निरीह पैतालामा घिस्रिने
थिएटरका खस्रा पर्खालमा मेरै निर्बल हत्केलामा उभिने
तिमी हिरो हैनौ विजय
जब तिमी पर्दामा देखिन्छौ
त्यहाँ पराजयको घाउ बोकेर उभिएको म हुन्छु
तिम्रो ऐनाअगाडि उभिएर
म आफ्नो अनुहारको धुलो पुछ्छु ।

Advertisement
प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक
आईतबार २५ असोज, २०८३
क्यानडाविरुद्ध रोहित पौडेलको शतक
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन
आईतबार २५ असोज, २०८३
रिहा भएपछि ध्रुव राठीको आरोप– ‘पुलिसले मलाई किडन्याप नै गरेको हो’
आईतबार २५ असोज, २०८३
बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु
आईतबार २५ असोज, २०८३
दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ
आईतबार २५ असोज, २०८३
घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
आईतबार २५ असोज, २०८३
बूढीगण्डकीमा आएको बाढीप्रति देउवाद्वारा दुःख व्यक्त
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०