नोबेल साकोस साहित्य संस्थाको रचनावाचन कार्यक्रम

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २३ असार, २०८२
१ वर्षअघि

विराटनगर । नोबेल साकोस साहित्य संस्था कोसी प्रदेश शाखाको मासिक रचनावाचन कार्यक्रम सम्पन्न भएको छ ।

विराटनगरमा रहेको दाहाल प्रतिष्ठानको सभाहलमा कार्यक्रमको आयोजना गरेर संस्थाले आफ्नो मासिक रचनावाचन कार्यक्रम सम्पन्न गरेको हो ।

Advertisement

खोटाङ सेवा समाजका अध्यक्ष तथा उपभोक्तावादी व्यक्ति कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, प्राज्ञ खेम नेपाली, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, डा. देवी पन्थी, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरे, लेखक तथा अनुसन्धाता केशु विरही,हरि कट्टेल, शिवनारायण सिङ्गल, भरत बर्बरिक, उमानाथ भट्टराई, भानु कला केन्द्र मोरङका अध्यक्ष माया पौडेल विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रममा किरन अञ्जान, भवानीप्रसाद पोखरेल, प्रयाग न्यौपाने, उद्धव केसी, उमेश लुइटेल, कर्ण सञ्जय, लक्ष्मी रायमाझी, ऋषि तिवारी, नानुमैया दाहाल, प्रज्ञा कट्टेल, सुरेशकुमार अग्रवाल, भूपाल अधिकारी, गीतादेवी पोखरेल, खेम नेपाली, जमुना पौडेल, चिरञ्जीवी काफ्ले, प्रिन्स प्रमोद ढकाल, नवराज पोखरेल नवशिला, शारदा भट्टराई, डोमी कामत, जयन्त प्रधानाङ्ग, विक्रम याक्खालगायतका स्रष्टाहरूको रचनावाचन रहेको थियो ।

कार्यक्रममा नेपाली भाषाका अतिरिक्त मैथिली, हिन्दी तथा अङ्ग्रेजी भाषाका कवितासमेत वाचन गरिएका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष भूपाल अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने संस्थाका कोषाध्यक्ष ऋषि तिवारीज्यूले मलेसियाबाट नेपाल आएका साहित्यकार लघुकथाकार विक्रम याक्खालाई मायाको चिनो प्रदान गरेका थिए ।

संस्थाका अध्यक्ष मञ्जु घिमिरे दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव सुजता राईको रहेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक
आईतबार २५ असोज, २०८३
क्यानडाविरुद्ध रोहित पौडेलको शतक
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन
आईतबार २५ असोज, २०८३
रिहा भएपछि ध्रुव राठीको आरोप– ‘पुलिसले मलाई किडन्याप नै गरेको हो’
आईतबार २५ असोज, २०८३
बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु
आईतबार २५ असोज, २०८३
दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ
आईतबार २५ असोज, २०८३
घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
आईतबार २५ असोज, २०८३
बूढीगण्डकीमा आएको बाढीप्रति देउवाद्वारा दुःख व्यक्त
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०