दौरा र सुरुवाल लाएर
इस्टकोट टोपी ढल्काएर
दुबै हात जोडी
कसमलाई तोडी
लड्यौं हामी बेस्सारी ।
मै पनि झिल्के उस्तै
मोहर लगाइ
झन्डा नि फर्याएँ
हुइँकायौं गाडी बेस्सारी ।
आवज नि चर्को
बाजी नि फड्को
मार्नेछौं हामी बेस्सारी ।
हिजोको समय
भोलिको दिन
पिस्नेछौं हामी खेसारी
लड्नेछौं हामी बेस्सारी ।।